• १३ साउन २०८१, आइतबार

कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको बताउनुभएको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

‘‘जलविद्युत् उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावाट पुगेको छ । कुल जनसङ्ख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको छ’’, उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै  भन्नुभयो ।