• ३ जेठ २०८२, शनिबार

नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

blog

काठमाडौं, वैशाख ३१ गते। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतद्वारा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका सोमबार राष्ट्रपति कार्यालयमा आयोजित छुट्टा–छुट्टै विशेष समारोहमा गणतन्त्र साइप्रसका राजदूत इभागोरस भ्राइओनिडस्, गणतन्त्र लिथुआनियाका राजदूत डायना माइकेभिसाइन, किर्गिज गणतन्त्रका राजदूत अस्कर बेसिमोभ र आयरल्याण्डका राजदूत केभिन केलिले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ लगायत सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो।