• १२ साउन २०८१, शनिबार

उपेन्द्र यादवको रिटमा सर्वोच्चले प्रत्यर्थीलाई छलफलमा बोलायो

blog

फाइल तस्बिर

काठमाडौं, जेठ २ गते। जसपा अध्यक्ष उपेन्द्र यादवको रिटमा सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितीमा राख्दै आउँदो जेठ ८ गते छलफलका लागि बोलाएको छ। 

जसपा अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्चले गत वैशाख २४ गतेको बैठकबाट भएका निर्णयहरु र सोका आधारमा भएका कामकारवाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितीमा राखी जेठ ८ मा छलफलको लागि उपस्थित हुनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ के नियम ४९ (२) (ख) बमोजिम प्रत्यर्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो 

‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको षिमा विचार गर्दा, निर्वाचन आयोगको बैठक सङ्ख्या १२/२०८१ मिति २०८१ वैशाख २४ को बैठकको प्रस्ताव नं। ३० मा भएका विभिन्न निर्णयहरुमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेको भन्ने देखिन आइ उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरी निश्कर्षमा पुग्न मुनासिव देखिएको’, व्यहोरा जारी आदेशमा उल्लेख गरिएको छ।