साताका सात तस्बिर
माघे संक्रान्तिको पर्वको अवसरमा चाकुखाने चलन छ । जसका लागि काठमाडौंको टोखामा मंगलबार चाकु बनाउँदै व्यवसायी ।
वायु प्रदूषणले ढाकेको उपत्यका (फोटो फिचर)
हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ ।
मौर्यकाली जोडी स्तुपा, धम्नीहवा
कपिलवस्तुको मौर्यकालीन ऐतिहासिक स्थल तिलौराकोट नजिक अर्थात् ५ सय मिटरको दुरीमा बाणगंगा नदी किनारमा ऐतिहासिक स्थल धम्नीहवा अर्थात् तिलौरी रहेको छ ।
आजदेखि सुरु भयो स्वस्थानी व्रत (फोटो फिचर)
आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन (फोटोफिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डप आजबाट सुरु भएको १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्नुभएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम तीन डिग्री, जनजीवन प्रभावित (फोटो फिचर)
काठमाडौँ उपत्यकाको बिहीबार बिहानको तापक्रम तीन डिग्रीमा झरेको छ । चिसो अत्यधिक बढेसँगै उपत्यकाको जनजीवन प्रभावित बनेको छ ।
सेतो मच्छिन्द्रनाथको साजसज्जा (फोटो फिचर)
धार्मिक महत्व बोकेको सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर) को महास्नानपछि विगतमा जस्तै यो वर्ष पनि साजसज्जा तथा रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
तराईमा चिसो बढेसँगै जनजीवन कष्टकर (फोटो फिचर)
कपिलवस्तु लगायत तराइका जिल्लाहरूमा केही दिनदेखि चिसो बढेसँगै शीतलहर सुरु भएको छ । शीतलहरसँगै यहाँको जनजीवन प्रभावित भएको छ।
रङ्गीन साँझमा गीत सङ्गीतको बेग्लै मज्जा (फाेटाे फिचर)
चिसो मौसम सुरु भएसँगै कपिलवस्तुमा महोत्सवको माहौल सुरु भएको छ । झिसमिसे साँझ हुन लागेपछि बत्तीको झिलिमिली देखिन सुरु हुन्छ । झिलिमिली साँझमा हुने साङ्गीतिक माहौलले दर्शकलाई अझ रमाइलो अनुभूति दिने गरेको छ ।