शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                तस्बिर: सुजन गुरुङ 
काठमाडौं, वैशाख १३ गते। काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ। काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीका अनुसार निकुञ्जस्थित तारेभीर क्षेत्रमा आगलागी भएको हो।
उहाँका अनुसार आगलागी नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको थियो। आगो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ भने दमकल र ट्याङ्कर पनि परिचालन गरिएको छ।
‘‘सोमबार राति पनि तारेभीर क्षेत्रमा आगलागी भएको थियो। प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो।’’ उहाँले भन्नुभयो, ‘‘तर, फेरि आगो लागेको छ। बास्तीमा आगो नफलियोस् भन्ने छ। अहिले आगो कसरी नियन्त्रणमा लिने भनेर इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको छ।’’ निजी हेलिकप्टर र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणमा लिएको छ।










 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                