• ५ जेठ २०८१, शनिबार

देशभर निर्वाचनको चहलपल (फोटो फिचर)

blog

निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराबाट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रहरूमा निर्वाचनका सामग्री लैजाँदै सुरक्षाकर्मी । तस्बिरः राधिका कँडेल/रासस

काठमाडौँ, वैशाख २७ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर निर्वाचनको चहलपल सुरु भएको छ । निर्वाचन आयोग, सुरक्षा अधिकारी, विभिन्न दलका नेता र कार्यकर्ता तथा मतदातालाई अहिले निर्वाचनको चटारो छ । स्थानीय निर्वाचन लक्षित विभिन्न तस्बिर :


स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रमा लैजानु अघि घोराहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री रुजु गर्दै कर्मचारी । तस्बिर : रञ्जिता अधिकारी/रासस


यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कार्य क्षेत्रमा खटिएका म्यादी प्रहरी । तस्बिर : नारायण अधिकारी/रासस


माटोको व्यवस्था गरी दिन उम्मेदवारसमक्ष अनुरोध गर्दै रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँका स्थानीयवासी । माटो अभावमा पेशा संकटमा परेकोमा स्थानीय चिन्तित छन् । तस्बिर : सुशीला रेग्मी/रासस


यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न गाउँ फर्किदै जाजरकोटको छेडागाड नगरपालिकाका मतदाता । उम्मेदवारहरुले प्रदेश राजधानी सुर्खेतमा रहेका आफ्ना मतदातालाई गाडी रिर्जभ गरेर घर लैजाने गरेकाछन् । तस्बिर : रासस


सुर्खेत वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी । तस्बिर : प्रकाश अधिकारी/रासस


आम निर्वाचन पर्यवेक्षण समिति र नेपाल कानुन समाजद्वारा राजधानीमा मंगलबार संयुक्त रुपमा आयोजित स्थानीय निवार्चनसम्बन्धी अन्तरक्रियामा धारणा राख्दै निवार्चन आयोगका प्रवक्ता सालिकग्राम शर्मा पौडेल । तस्बिर : रासस


डडेलधुराको अमरगढी नगरपालिकाको बागबजारमा मंगलबार आयोजित चुनावी आमसभामा सहभागीहरु । तस्बिर : रोशन सापकोटा/रासस


स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कार्य क्षेत्रमा खटिएका म्यादी प्रहरी ।  तस्बिरः नारायण अधिकारी/रासस