• ४ जेठ २०८१, शुक्रबार

राष्ट्रिय सभामा नमुना मतदान (फोटो फिचर)

blog

तस्बिर : कविन अधिकारी

काठमाडौं, वैशाख २४ गते । काठमाडौंको राष्ट्रिय सभा गृहमा शनिबार नमुना मतदान कार्यक्रम गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर नमुना मतदान गरिएको हो ।

देशभर एकै चरणमा वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ ।

काठमाडौंका निर्वाचन आयोगका कर्मचारीहरुले नमुना मतदान कार्यक्रमको आयोजना गरेका हुन् ।

वैशाख ३० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।