• ८ जेठ २०८१, मङ्गलबार

साताका सात तस्विर

blog

काठमाडौं, बैशाख २० गते । 

शुक्लाफाटामा बाह्रसिंगा : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा  सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । 


जोखिम मोलेर झोलुङ्गेपुलमा यात्रा : कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गेपुलमा क्षमताभन्दा बढी यात्रुलाई मोटरसाइकल राखी महाकाली पार जाँदै  स्थानीयवासी। यो पुलबाट जोखिम मोलेर यात्रा गर्नेहरु धेरै छन् । 


बाँसको मुढा बुन्दै उद्यमी : झापा, कमल गाउँपालिका– २, समयगढ वजारका एक उद्यमी बाँसबाट मुढा बुन्दै । 


इँट्टाभट्टा उद्योगमा काम गर्दै श्रमिक : अन्तरराष्ट्रिय श्रमिक दिवसका दिन आइतबार झापाको कमल गाउँपालिका–१, सोलमारीको एक इँट्टाभट्टा उद्योगमा काम  गर्दै श्रमिक । 


सरर सडक : बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जोड्ने सडक । सडक बिस्तारसँगै यातायात सञ्चालनमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा यात्रामा जोखिम रहेको छ । 


फेवातालमा डुङ्गा : पोखरा महानगरपालिका ६ गौरीघाटस्थित  फेवातालमा डोरीले बाधेर राखिएको डुङ्गाहरु । 


मतदाताले ढोगे उम्मेदवारको खुट्टा : म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई खुट्टा ढोगेर बधाई तथा जितको लगि शुभकामना दिँदै एक स्थानीय  मतदाता। तस्वीरहरुः रासस