• ८ जेठ २०८१, मङ्गलबार

विचल्लीमा अग्नी पीडित मुक्त कमैया (फोटो फिचर)

blog

अविनाश चौधरी
धनगढी, वैशाख १३ गते ।
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्त कमैया विचल्लीमा परेका छन् । आगलागीमा पूर्णरुपमा घर जलेर नष्ट भएपछि मुक्त कमैया विचल्ली परेका हुन् । आगलागीबाट पूर्णरुपमा घर जलेर नष्ट भएपछि खुला आकाशमुनि दिनरात काट्न बाध्य भएका छन् भने बालबालिका बिचल्लीमा परेका छन् ।

‘‘आगलागीका कारण खाद्यान्न, लत्ताकपडा र विद्यार्थीको पुस्तकसमेत जलेर नष्ट भएको छ ।’’गाउँका भलमन्सा हिङ्गुराम चौधरीले भन्नुभयो, ‘‘घरमा रहेको केही नगददेखि लिएर सबै सम्पत्ति जलेर नष्ट भएको छ ।’’

खेतमा गहुँको नल जलाउनका लागि लगाइएको आगो विपतपुरका मुक्त कमैयाको घरमा सल्केको थियो । आगलागीबाट ७१ घरमा क्षति भएको छ भने ४४ घर पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै बाँकी २७ घरमा आङ्शिक क्षति भएको कैलारी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

त्यस्तै, दुई वटा पावर टिलर, आठ वटा डल्लप, १३ वटा डिजल इञ्जिन, ४५ वटा सोलार, एक वटा मोटर पम्प, विभिन्न घरमा राखिएको १२ लाख रुपियाँ नगद पनि जलेर नष्ट भएको छ ।

धेरै जसो मुक्त कमैया नयाँ वर्षमामात्रै भारतबाट फर्केका थिए । यस्तै, थारु समुदायका महिलाले लगाउने पुर्खौली गहनाहरु जलेर नष्ट भएको छ । आगलागीबाट १२ वटा ठूला सुङ्गुर २५ पाठा र दुई वटा गोरु मरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।