साताका सात तस्बिर
नुवाकोटमा जारी सातौं नुवाकोट महोत्सवको अन्तिम दिन ६० केजी तौल र १० फिट लामो खुकुरी प्रर्दशन गरिँदै ।
प्राचीन पुरातात्त्विक स्थलको हब सिसहनिया कोट
कपिलवस्तुको पूर्व ( दक्षिणमा रहेको प्राचीन स्थल सिसहिनया कोट । मायादेवी गाउँपालिका वडा नं. ५ मा अवस्थित ठुलो सिसहनियामा ५२ बिगाहा क्षेत्रफलमा फैलिएको एउटा ठुलो कोट र २ वटा साना कोट रहेका छन् ।
फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
चीरोत्थानको साइत फागुन १५ गते सोमबार बिहान ७ः४५
फागु पूर्णिमामा धालासिक्व मानन्धर सनागुठी खलःले चीर तयार गरिरहेको छ । फागुन शुल्क अष्टमीका दिन ठड्याइने चीर उठाएपछि होली शुरु हुने मान्यता छ ।
तस्बिरमा ग्याल्पो ल्होसार
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन बौद्ध धर्मावलम्बी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ ।
सैनिकमञ्च टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)
आज ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। सोही अनुसार काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मनाइएको छ ।
तस्बिरमा २६० औं सेना दिवस
विगतका वर्षमा जस्तै नेपाली सेनाले महाशिवरात्रिको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर २६० औं सेना दिवस मनाएको हो।
सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाको हर्ष बढाइँ (फोटो फिचर)
नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।
महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)
आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।