धमाधम बन्दै सेतो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)
काठमाडौं, चैत ११ गते । सेतो मच्छिन्द्रनाथको रथ यात्राका लागि जमलमा रथ बनाउने कार्य भइरहेको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन थालिएको हो । चैत १५ गतेबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि जमलमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु भएर सहरको भित्री भाग असन, वसन्तपुर, जैसीदेवल हुँदै रथयात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ ।
साताका सात तस्बिर
हवाई जहाजबाट देखिएको कास्कीस्थित बेगनास ताल र रुपा ताल आसपासको दृश्य।
पशुपतिमा एक दिन (फोटो फिचर)
पशुपतिनाथको नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभई विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ ।
नवलपरासीमा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति
जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ ।
सुरु भयो रमजान (फोटो र भिडियो)
यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ ।
किन भत्काइन्छ चिटिक्क परेको पिच सडक ?
काठमाडौंको विभिन्न सडकको सतह एकैनासको नरहेकाले सडक डिभिजन कार्यालय काठमाडौंले पिच सडक भत्काएर मर्मत गरिरहेको छ।
असनमा जात्रा (फोटो फिचर)
असन जात्रा (न्हि जात्रा) बुधबार सम्पन्न भएको छ। पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो।
तस्बिरमा टुँडिखेलको घोडे जात्रा
घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरेर काठमाडौंको टुँडिखेलमा मनाइएको छ ।
ललितपुर पाटनमा ‘याक: सल’ जात्रा (फोटो फिचर)
धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्।