• १६ चैत २०८०, शुक्रबार

तस्बिरमा ऋषिपञ्चमी (फोटो फिचर)

blog

काठमाडौंको गौरीघाटमा पञ्चमिको पूजा गर्दै । तस्बिर: केशब गुरुङ

काठमाडौँ, भदौ १६ गते । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् । 


हरितालिका (तीज) को व्रत एवम् पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन छ । रजस्वलाका समयमा छोइछिटोलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमिको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।


भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् । 










Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।