• १५ वैशाख २०८१, शनिबार

पल पलको मृत्यु लोकार्पणसँगै केही अंश मञ्चन (फोटो फिचर)

blog

‘पल पलको मृत्यु’ सार्वजनिक गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल। साथमा लेखक सुदन किराती र प्रकाशक। तस्बिर केशब गुरुङ

काठमाडौं भदौ २८ गते।  लेखक तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीको पल पलको मृत्यु लोकार्पण भएको छ। काठमाडौंको मण्डला नाटक घरमा मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकार्पण गर्नुभएको हो। 

जनयुद्धको समयमा भोगेका दुःख कष्ट, नेपाली सेनाले जेलहालेको,  जेलमा बस्दा पाएको यातना, जेलमा बसेको समयमा आफ्नो बुवा भेट्न आउदा तीन हजार खर्च हातमा थमाई दिएको, घरपरिवारले छोरा आउने आशमा बसेको, आफन्त नातेदारले बेला बेलामा मरेको खबर पुर्याएको सन्दर्भलाई समेटेर उहाँले पलपलको मृत्यु पुस्तक तयार पार्नुभएको हो। 

पुस्तकमा २०६२।६३ को जनआन्दोलन, शान्ति सम्झौतापछि जेलबाट छुटेर घर फर्किएर आमालाई भेटेको सन्दर्भलाई नाटकमार्फत् मञ्चन गरिएको छ। पुस्तक सार्वजनिक समारोहमा उक्त नाटक प्रदर्शन भएको हो। नाटकमार्फत् पुस्तकको केही अंश प्रदर्शन गरिएको हो।  


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।