• १३ वैशाख २०८१, बिहिबार

वर्षामा जलमग्न माइतीघर मण्डला क्षेत्र (फोटोसहित)

blog

जलमग्न माइतीघर मण्डला । तस्बिर: केशब गुरुङ

काठमाडौं,  भदौ  २४ गते । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । काठमाडौंमा भारी वर्षा भएका कारण अधिकांश क्षेत्र जलमग्न भएका छन् ।


वर्षापछि बागमती, मनोहरा, धोबिखोला लगायतका नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्र तथा खोलाकिनारको बाटो यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशााखाले आग्रह गरेको छ । यतिबेला माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको थियो । माइतीघर जलमग्न हुँदा सिंहदरबार र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ । 


यसैगरी, पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।


त्यस्तै, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको महाशाखाले जनाएको छ ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।