बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्नुभयो ।
भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी (फोटो फिचर)
बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ। ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ सुरु भएको छ।
ग्वार्कोमा फ्लाइ ओभर निर्माणकार्य सुरु (फोटो फिचर)
चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो ।
शिवरात्रिका लागि सजाउन थालियो पशुपति परिसर (फोटो फिचर)
पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ्ग रोगनको काम धमाधम भइरहेको छ ।
भ्यालेन्टाइनमा पोखरा प्रेमिल गन्तव्य
प्रत्येक दिन प्रेम दिवस हो, एउटा सत्य जानिराख, प्रेमभन्दा मूल्यवान् केही अरू हुँदैन ठानिराख, सभ्यताको आकाशभर कति घाम उदाए, जून उदाए, प्रेमको इतिहास चोखो लेखिनुपर्छ ठानीराख।
रानीमहलमा आउने जोडीलाई सम्मान (फोटो फिचर)
प्रणय दिवसका अवसरमा आज (मङ्गलबार) रानीमहलमा पुग्ने जोडीलाई सम्मान गरिएको छ । प्रेम साटासाट गर्न रानीमहल पुगेका प्रेम जोडीलाई तानसेन नगरपालिका, नाटा लुम्बिनी र नाटा पाल्पा च्याप्टरले सम्मान गरेको हो ।
बन्द फिर्ता भए पनि सार्वजनिक यातायात चलेनन् (फोटो फिचर)
सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले मङ्गलबारको बन्द फिर्ता लिए पनि सार्वजनिक यातायात सुचारु हुन सकेको छैन । यातायात व्यवसायी र मजदुरहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ।
कीर्तिपुर, इटागाेलमा एकहप्ते महापरित्राण पाठ सञ्चालन हुँदै
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ को इटागाेलमा एकहप्ते महापरित्राण पाठ (विशेष पूजा) सञ्चालन भइरहेको छ ।
इहि मचा संस्कार (फाेटाे फिचर)
नेवार समुदायमा इहि संस्कार (बेलविवाह) विधिवत् रुपमा भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको भेलुखेलका राजेन्द्र लेगेको छोरीको इहि गर्न लाग्दा सो क्षेत्रका ३९ जना कन्या सो संस्कारमा उपस्थति भएका थिए ।