• १३ असोज २०८१, आइतबार

चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन (फोटो फिचर)

blog

चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन गर्नुहुँदै । तस्बिर : विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २९ गते । चार दिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी कमिटीका अध्यक्ष ली चान्शु नेतृत्वको टोलीले आज बुधबार बिहान भक्तपुरको ऐतिहासिक दरबार स्थलको भ्रमण गरेको छ । 

विश्व सम्पदासूचीमा सूचीकृत भक्तपुर दरवार स्क्वाएर पुग्नुभएका ली नेतृत्वको टोलीलाई सङ्घीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतले उहाँहरुलाई स्वागत गर्नुभएको थियो ।  

सो अवसरमा चिनियाँ टोलीका लागि भक्तपुरको परम्परागत नाच प्रदर्शन गरिएको थियो । सो अवसरमा लीले नेपाल र चीनको सांस्कृतिक पक्ष मिल्दोजुल्दो रहेको बताउनुभएको थियो । नेपाली नृत्यले चिनियाँ संस्कृतिको झल्को दिएको उहाँको भनाइ छ ।