• २२ असार २०८१, शनिबार

मिनी खप्तड ‘बग्लेग’ [फोटो फिचर]

blog

बग्लेग (डोटी), भदौ २० गते । डोटीको पूर्वीचौकी गाउँपालिका –२ मा पर्ने बग्लेग क्षेत्र प्राकृतिक रुपमा अत्यन्तै सुन्दर रहेको छ । बग्लेग डोटी जिल्ला सदरमुकाम सिलगढी भएर खप्तड जाने क्रममा बाटोमा पर्दछ । 

सिलगढीबाट बग्लेग हुँदै खप्तड प्रवेशद्वारको रूपमा रहेको झिग्रानासम्म जाने पक्की सडकले यस बग्लेग क्षेत्रलाई छोएसँगै यस क्षेत्रमा घुम्न आउनेहरू बढ्दै जान थालेका छन् । सिलगढीबाट ३० मिनेटको गाडीको यात्रामा बग्लेग सम्म पुग्न सकिन्छ । बग्लेगमा बराही देवीको मन्दिर रहेको छ । बराहीदेवीको मन्दिरमा भदौ शुक्ल सप्तमीमा जाँत (मेला) समेत लाग्ने गरेको छ । 


फराकिलो फाँट र चिसो हावापानी यस क्षेत्रको विशेषता हो । यहाँ घुम्न आउनेहरूले यस क्षेत्रलाई मिनी खप्तडका रूपमा चिनाउन थालेका छन् । 






Author

डिलबहादुर सिंह