शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख १३ गते । गोरखापत्र दैनिकमा पहिलो पटक फोटो छापेको दिनको स्मरणमा आज ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ ।
वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको तस्विर प्रकाशित भएको थियो । उहाँद्वारा चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको सो तस्विरमा देखिन्छ ।
वि.सं. १९५८ वैशाख २४ गतेदेखि पहिलो पटक प्रकाशित भएको गोरखापत्रमा करिब ३६ वर्षपछि तस्विर छापिएको थियो ।

–वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको श्यामस्वेत तस्विर
यसैबीच, राष्ट्रिय फोटो पत्रकार सङ्घ र फोटो पत्रकार क्लबले वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटो पत्रकार सङ्घले काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरेको थियो ।






 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                