• ४ जेठ २०८१, शुक्रबार

यो साताकाे १० तस्विर (फोटो फिचर)

blog

काफल बेच्न बसेकी महिला : डोटीको केआई सिंह गाउँपालिका–५ केदारगाउँ नजिकको सडकमा काफल बेच्दै महिला । पछिल्लो समय यहाँ काफल प्रमुख आम्दानीको स्रोत बनेको छ ।

काठमाडौं, बैशाख २६ गते । स्थानीय तह निर्वाचन नजिकिदै छ । यो साता भर निर्वाचनको तयारी कस्तो हुँदै छ र मतदाताहरु आ–आफ्नै काममा व्यस्त देखिन्छन् । (फोटो फिचर)


डोको बेच्न जाँदै गरेका महिला : शुक्लाफाटाँ नगरपालिका– १० झलारी बजारमा डोको बेच्नका लागि जाँदै गरेका महिला । परम्परागत सीपको प्रयोग गरी दलित समुदायका महिलाले डोकोलगायत सामग्री तयार गरी आम्दानी लिँदै आएका छन् । 


रेब पर्व बिसर्जन : मधेसका जिल्लामा सन्तान र पतिको सुस्वास्थ्यको कामनाको लागि गरिने रेब पर्वको आइतबार बिसर्जन गर्नेक्रममा सप्तरीको राजविराज नगरपालिका वडा नं ३ स्थित कल्टुपोखरीमा सूर्य देवतालाई अर्घ दिएर समापन गर्दै ब्रतालु महिलाहरु । यो पर्वमा ६ महिनासम्म हप्ताको प्रत्येक आइतबार उपासना बस्नेगर्दछ । 


गधालाई आहारा खुवाउँदै संरक्षणकर्मी : विश्व गधा दिवसका अवसरमा ‘एनिमल नेपाल’ले ललितपुरको  गोदावरी नगरपालिका–८ मा स्थापना गरेको ‘डुकछाप डङ्की सेन्चुरी’मा उद्धार गरिएका गधालाई आहारा खुवाउँदै संरक्षणकर्मी । 


मुला सफा गर्दै किसान : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको केन्द्र गेल्डुङ बजारमा बेच्नका लागि मुला पखाल्दै किसान । 


आलु खन्दै किसान : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १०, खोपासी फाँटको खेतमा आलु खन्दै किसान । 


निर्वाचनमा खटिएका सुरक्षाकर्मी गन्तव्यमा जाँदै : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङका विभिन्न स्थानमा खटिएका नेपाल प्रहरी बन्दोबस्तीका सामानसहित जिल्ला प्रहरी कार्यालयबाट गन्तव्यमा जाँदै । 


रातो मछिन्द्रनाथको रथ सुन्धारा लैजाँदै : सहकालका देवता रातो मछिन्द्रनाथको रथ पाटन मङ्लबजारबाट ललितपुरको सुन्धारा लैजाँदै । 


ढकमक्क पुलेको गुलमोहर फूल : बर्दियाको नेपालगञ्ज–राजापुर सडक खण्डको राजापुर सडक छेउमा ढकमक्क फुलेका गुलमोहर फूल । 


गहुँबाली स्याहार्दै किसान : डोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडाका किसान खेतमा  पाकेको गहुँ काट्दै । अहिले किसानलाई गहुँबाली भित्र्याउन चटारो परेको छ । तस्बिरहरु : रासस