• २२ वैशाख २०८१, शनिबार

गहना खोज्ने जात्रा (फोटो फिचर)

blog

तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख ४ गते। काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। चैते दशैंको दिनदेखि १५ दिनसम्म चलेको जात्रा आइतबार सम्पन्न भएको हो। जात्रा सबैभन्दा ऐतिहासिक, पुरानो र पौराणिक भएको बताइन्छ। 

राजा मानदेवको पालादेखि गहना खोज्ने जात्रा मनाउने चलन रहेको छ। टुँडालदेवी (वैषनवी) को पोखरीमा गहना हराएको भन्ने अर्को चर्चित मान्यता रहेको छ। टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको छ। 

सर्वसाधारणकाअनुसार टुँडालदेवी गहना पोखरीमा नुहाउने क्रममा उहाँको गहना हराएको थियो। त्यो समयमा हराएको गहना हरेक वर्ष जात्रा गरेर खोज्ने गरिन्छ। यसरी गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।