• १५ चैत २०८०, बिहिबार

उपत्यकामा ज्याकारान्डाको सुन्दरता (फोटो फिचर)

blog

काठमाडौं, वैशाख १४ गते। काठमाडौं उपत्यका अर्थात् कान्तिपुर नगरीको सुन्दरताको बयान विभिन्न कोणबाट हुन्छ। मन्दिरको सहर भनेर चिनिने काठमाडौं उपत्यका यत्तिबेला भने ज्याकारान्डाको सुन्दरताले ढपक्क छोपिएको छ। 

काठमाडौंको थापाथली, रत्नपार्क, दरबारमार्ग, भृकुटीमण्डप, घण्टाघर, ललितपुरको महालक्ष्मीस्थानमा पुग्दा ज्याकारान्डाको  सुन्दरताले जोसुकैलाई मोहित पार्छ। बैजनी रङ्को फूल ज्याकारान्डाले उपत्यकाका सडक छपक्कै छोपिएका छन्। यो मौसममा फुल्ने ज्याकारान्डाले आन्तरिक मात्र नभएर नेपाल घुम्न आइपुग्ने बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ। 

विक्रम संवतको अन्तिम महिना चैतदेखि विस्तारै फुल्ने ज्याकारान्डाले उपत्यकाका सडकलाई जेठसम्म ढपक्क छोप्ने गरेको छ। टुँडिखेल र रत्नपार्कमा ज्याकारान्डा रोपेर थप सुन्दरता थपिएको छ। ज्याकारान्डाको सुन्दरतालाई गोरखापत्र अनलाइनका लागि केशव गुरुङले कैद गर्नुभएका तस्बिर : 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।