• १४ वैशाख २०८१, शुक्रबार

हर्षोल्लासका साथ मनाइयो नरिवल खसाउने जात्रा (फोटो फिचर)

blog

काठमाडौं, वैशाख २९ गते । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ जात्रा अन्तर्गतको नैक्या लुकेगु जात्रा (नरिवल खसाउने) हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

ललितपुरको थति टोलमा पुगे पछि मच्छिन्द्रनाथ तथा मीननाथ दुबै देवताको माथि गजुर (बाय्म्व) बाट नरिवल खसाउने गरिन्छ ।

त्यो नरिवल जसले समात्न सक्छ, उसलाई पुत्रलाभ हुने जनविश्वास रहिआएको छ । यस दिनको भोलि पल्ट भने महिला भक्तजन ले मात्र मच्छिन्द्रनाथको रथ तान्ने चलन रहि आएको छ । जसलाई नेपाल भाषामा ‘याकः मिसाः भु भन्ने गरिन्छ।



  

Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।