विद्यार्थी नपाउँदा विद्यालय बन्द
जिल्लामा केही वर्षअघिसम्म प्राविधिक विषय अध्ययन विद्यार्थीको पहिलो रोजाइ बन्ने गरेको थियो ।
राहदानी बनाउन माल्टाबाट छ सय ५० को आवेदन
विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।
विद्यालयलाई नतिजामा आधारित अनुदान
कैलालीको जानकी गाउँपालिकाले विद्यालयको नतिजामा आधारित अनुदान कार्यक्रम लागु गरेको छ ।
भूकम्प प्रभावितका लागि पुनर्लाभ परियोजना
भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक पूर्वाधारको पुनर्निर्माण तथा पुनस्र्थापना गर्ने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकामा ‘भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधारको पुनर्लाभ परियोजना’ सञ्चालनमा आएको छ ।
बस्तीमा हात्ती पसेपछि ज्यान जोगाउन मुस्किल
दुई साताअघिदेखि झापाका विभिन्न पालिकाका बस्तीमा जङ्गली हात्ती देखिन थालेपछि स्थानीयमा त्रास बढेको छ । जङ्गलबाट हात्ती सहरबजार र बाक्लो बस्तीमा नियमित आउन थालेका छन् । हात्तीबाट ज्यान बचाउन हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मुस्किल हुन थालेको छ ।
भुटानी गुम्बालाई पृथ्वीनारायण शाहको लालमोहर
स्वयम्भू महाचैत्यको पश्चिमतिर एक गुम्बा छ । यो गुम्बाको नाम हो, ‘मार्मो ल्हाखाङ्ग’ ।
डाँका समूहले गरे झाको हत्या
महोत्तरीमा डाँका समूहले एक जनाको हत्या गरेको छ । जिल्लाको मनरासिश्वा नगरपालिका वडा नं. ४ साँढामा गए राती डकैत समूह घर प्रवेश गरेपछि प्रतिकारका क्रममा ७० वर्षीय सुशील झालाई हत्या गरेको प्रहरीले जनाएको छ ।
पहेँलपुर बारीले पर्यटक आकर्षित
दुधौली नगरपालिका–२, भलुवाहीका किसान गुणराज बरालको १० कट्ठा खेत यतिबेला तोरी फुलेर पहेँलपुर बनेको छ । नजिकैको मदन भण्डारी राजमार्गमा सवार जो कोही यात्रुका आँखा तानिने सौन्दर्यबाट आकर्षित भएर फोटो खिच्न रोकिने गरेका छन् । तोरीधनी किसान बरालले भन्नुभयो, “यतिखेर दुधौली नगरपालिका अन्तर्गतको कमलाखुँज क्षेत्रको खेतबारीमा तोरी फुलेर पहेँलपुर भएको छ । तोरी बारीमा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको छ ।”
दरभङ्गावाली (कथा)
बिहे गरेर श्रीमान्सँगै काठमाडौँ के पसेकी थिएँ, मानौँ म यतैकी भएँ ।
तनाव र रोग मुक्त हुन ध्यान
व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण धेरै मानिस तनावबाट गुज्रिरहेका छन् । लामो समयसम्म तनावमा बस्दा एकाग्रता नहुने, ध्यान केन्द्रित गर्न नसक्नु, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्तने गर्छ । पछिल्ला वर्षहरूमा तनावले गर्दा मानसिक तथा शारीरिक रूपमा अस्वास्थ्य बन्दै गएका छन् । यदि तनाव यही हिसाबले बढ्दै जाने हो भने भविष्यमा मानसिक समस्या अर्को महामारीका रूपमा देखा पर्न सक्ने भन्दै सचेत रहन युएनले चेतावनी दिएको छ । तनाव र रोग मुक्त हुन ध्यान रोज्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।
नगर अस्पतालमा थप सेवा सञ्चालन
पूर्वी चितवनको कालिका नगरपालिकामा रहेको नगर अस्पतालमा अत्याधुनिक मेसिनबाट परीक्षण सुरु भएको छ । जिल्लाका अन्य ठुला अस्पतालमा जान नपर्ने गरी नगरपालिकामा सञ्चालनमा
ढुङ्गाहरू देउता भएका छन् (कविता)
न हेर्न सक्छन् न बोल्न सक्छन् न सुन्न सक्छन् न हिँड्न सक्छन्
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
कलेजका लागि नगरपालिकाले जग्गा दिने
मधेश कृषि विश्वविद्यालयले बर्दीबासमा पशु सङ्काय स्थापना गर्ने भएको छ । विसं २०७८ मङ्सिरमा स्थापना भएको यस विश्वविद्यालय अन्तर्गत कृषि, पशु स्वास्थ्य तथा पशु विज्ञान, मत्स्य विज्ञान, खा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
गुम्देलमा एकीकृत घुम्ती शिविर
रामेछाप जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ उमाकुण्ड गाउँपालिका–१, गुम्देलका नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड गाउँपालिका–१, गुम्देलबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो । घुम्ती शिविर अभियानको सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलबाट शुभारम्भ गर्नुभएको छ
गोपीका ‘विशृङ्खलित सपना’
कथाकार गोपी मैनालीको कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ मा १७ वटा कथा सङ्गृहीत छन् ।
जनकपुरमा चुस्दै बरफ
सपनाको सहर जनकपुर । हुन त बुवाको सान्निध्यमा पञ्चकन्या प्राइमरी स्कुल, काभ्रे, वाल्टिङमा पढ्थेँ त्यतिबेला ।
जाउँ त निर्कु भुमेथान
सरमथली गाउँबाट करिब तिस मिनेट पैदल उकालो लागेपछि निर्कु महादेव थानमा पुग्न सकिन्छ । उनै निर्कु महादेवले आफ्नो गाउँघरको रक्षा गरिरहेको जनविश्वास स्थानीयमा छ ।
रणनीतिक मार्ग पाँचमानेभन्ज्याङ
काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख चार भन्ज्याङ प्राचीनकालदेखि नै प्रख्यात थिए ।
कलामा विद्रोह रोज्ने कुर्वे
यथार्थवादी र क्रान्तिकारी कलाकारका रूपमा गुस्ताव कुर्वेको नाम विश्वप्रख्यात छ ।
पुस्तक संरक्षण नीतिको अभाव
नेपालमा पुस्तकालय सङ्ख्यात्मक रूपले कम छन् ।
एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
पहिलो संस्करणको नेपाल प्रिमियर लिग [एनपिएल]को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
ध्यानको विश्वव्यापीकरण
संयुक्त राष्ट्रसङ्घले भर्खरै मात्र डिसेम्बर २१ (पुस ६ गते) का दिनलाई प्रथम विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ ।