श्रमिकको स्वास्थ्य सुरक्षा
वैदेशिक रोजगारी कहिले र कसरी सुरु भयो भन्ने तथ्य भेटिँदैन ।
पहिलो च्याम्पियनको पर्खाइमा एनपिएल
नेपाल प्रिमियर लिग (एनपिएल) शनिबार हुने फाइनल खेलअघि नै विश्व चर्चित र सफल प्रतियोगिता बनिसकेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ ।
दुलेगौंडा– लामा गाउँ सडक बन्द
दुलेगौंडा– लामा गाउँ सडक शनिवार देखि बन्द गरिएको छ । स्तरोन्नतिको कामको लागि शुक्ल गण्डकी नगरपालिकाले बन्द गरेको हो ।
‘झिल्को’ को प्रदर्शन मिति हेरफेर
चलचित्र ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन वैशाख १९ लाई नयाँ मिति तय गरेको जानकारी दिनुभयो ।
चैतमा ‘पीताम्बर’
कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुने भएको छ ।
आज विश्व ध्यान दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।
ध्यान मावन जातिको कल्याणका निम्तिः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।
‘नाइ नाइ नभन्नु ल’ सार्वजनिक
बसन क्षेत्रीको ‘नाइ नाइ नभन्नु ल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उहाँलाई एलिना चौहानले साथ दिनुभएको छ भने कुसुम शर्मा (सकम्बरी) र बसन क्षेत्रीको अभिनय रहेको छ ।
पन्चैबाजा संरक्षणमा आमा समूह
परियार समुदायको पुख्र्याैली पेसाका रूपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् ।
प्रदर्शनमा ‘बमबहादुर’
चलचित्र ‘बमबहादुर’ शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको छ ।
बाजुरामा ५.२ रेक्टरको भूकम्प
सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुरामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
अदुवा जोगाउन भण्डारणगृह
प्युठानमा आधुनिक प्रविधिको अदुवा भण्डारण केन्द्र निर्माण गरिएको छ ।
हल्का वर्षा र हिमपातको सम्भावना
कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कालीमाटीको तरकारी खानयोग्य
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ ।
आँखाको पर्दामार्फत हाजिरी गर्ने बढे
वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमप्रदायक संस्थाको तालिम कक्षामा विदेश जानेको भिड बढ्न थालेको छ ।
निर्यात आम्दानीभन्दा भ्रमणमा बाहिरिने धेरै
नेपालले वस्तु निर्यात गरेर प्राप्त गर्ने आम्दानीभन्दा भ्रमणका लागि नेपालबाट बाहिरिने रकम धेरै भएको पाइएको छ ।
सामूहिक साझेदारीले आत्मनिर्भर
विश्वव्यापी औद्योगिक विस्तारमा दक्षिण एसियाका विकल्पहरू विषयमा पोखरामा दुई दिनसम्म चलेको फेवा संवाद, २०२४ का सहभागीले दक्षिण एसियाका मुलुकको सामूहिक साझेदारीले आत्मनिर्भर हुन सक्ने बलियो सम्भावना दर्शाउनुभएको छ ।
प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंको रिट जारी गरेको हो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : उन्नाइस जनालाई थप अभियोग
देशका मुख्य सहरमा सहकारी खोली बचत र सेयर रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनाविरुद्ध थप कसुरमा अभियोगपत्र दर्ता भएको छ ।
पर्यटनमा नवीन अध्याय
नेपाली क्रिकेटको युगीन रूपान्तरण र नवीन सम्भावनाको ढोका खोल्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्धन क्षेत्रमा पनि सुनौलो अध्याय आरम्भ गरेको छ ।
साउदीबाट फर्किएका एक जनामा ‘मङ्कीपक्स’,सरकारले थाल्यो निगरानी
नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो ।
सेवाग्राहीमैत्री भएनन् नागरिक बडापत्र
सरकारी सेवालाई जनउत्तरदायी र नागरिकमैत्री बनाउनका लागि सम्बन्धित कार्यालयले प्रदान गर्ने सेवा र प्रक्रियाका बारेमा राखिएका कतिपय सरकारी कार्यालयका नागरिक बडापत्र अस्पष्ट हुँदा नागरिक बडापत्र सेवाग्राहीमैत्री बन्न सकेका छैनन् ।
साइबर आक्रमणबाट जोगिन कार्यक्रम
साइबर सेक्युरिटी कम्पनि सोफोस टेक्नोलोजिजले “साइबर आक्रमण र यसबाट कसरी जोगिने” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।