• ६ पुस २०८१, शनिबार

दुलेगौंडा– लामा गाउँ सडक बन्द

blog

अमरराज नहर्की

तनहुँ, पुस ६ गते । दुलेगौंडा– लामा गाउँ सडक शनिवार देखि बन्द गरिएको छ । स्तरोन्नतिको कामको लागि शुक्ल गण्डकी नगरपालिकाले बन्द गरेको हो ।

दुलेगौंडा बजारको हेल्थपोष्ट चोकदेखि पुलचोकसम्मको सडक बन्द हुने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । आज देखि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । सडक निर्माणको क्रममा रहेकाले असुरक्षित देखिएपछि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।  दुलेगौंडा, पुल्चोक, घारी लिलचोक हुँदै फिरफिरेसम्म पुग्ने सडक निर्माण गर्न ठेक्का लागेर निर्माणको काम सुरु भइसकेको छ ।

‘हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँ पुल सम्मको बाटोको खण्डमा निर्माण कार्य भइरहेको हुँदा सवारी साधन आवतजावत गर्नको लागि असुरक्षित देखिएको साथै निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न र निर्माण कार्यलाई तीव्रता दिनको लागि उक्त सडक अर्को सूचना जारी नभएसम्मका लागि सडक अवरुद्ध हुने‘’, लामगादेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैकल्पिक बाटोको रूपमा ढोरबाराही मोटर मार्ग गाछेपानीदेखि पुरानो पुल हुँदै तिब्बतीय क्याम्प निस्कने सडक प्रयोग गर्न अनुरोध नगरपालिकाले गरेको छ ।