विपन्न परिवारलाई शौचालय
रोटरी क्लब आफ पोखरा कास्की र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संयुक्त साझेदारीमा कैलालीको धनगढीमा दुई सय शौचालय हस्तान्तरण गरिएको छ ।
रोकिएन मानव–वन्यजन्तु द्वन्द्व, पासोमा पर्न थाले चितुवा
बैतडीमा मानव र वन्यजन्तुबिच द्वन्द्व नरोकिँदा महिनैपिच्छे चितुवा पासोमा पर्न थालेका छन् ।
गुप्तवराह मन्दिरको जीर्णोद्धार गरिँदै
पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कौशिकी तटको किनारमा रहेको गुप्तवराह मन्दिरको जीर्णोद्धार सुरु गरिएको छ । स्थानीय पण्डित योगेश भण्डारीको अगुवाइमा वराहक्षेत्र नगरपालिका–१ मा रहेको गुप्तवराहको ओढारको जीर्णोद्धार सुरु गरिएको हो ।
‘कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता’
सिराहाको अर्नमा गाउँपालिका साबिकको महनौर, गौरीपुर र कृष्णपुर गाउँ विकास समिति समेटिएर बनेको गाउँपालिका हो । यो गाउँपालिका ३७.७६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पाँच वटा वडा रहेको यस गाउँपालि
'भ्युटावर' हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन
मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
जिससलाई अधिकारसम्पन्न बनाइने
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जिल्ला समन्वय समितिलाई अधिकारसम्पन्न बनाउन प्रदेशले आवश्यक कानुन तथा नियमावली बनाउने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई जना घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शिक्षामा साझा अधिकार
नेपालको संवैधानिक व्यवस्थाले सङ्घीयताको मर्म अनुरूप शिक्षा व्यवस्थापनमा स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ ।
कानुन कार्यान्वयनको मापन
आमाले बच्चा जन्माएपछि, बच्चाको रेखदेख गरिनन् भने त्यो बच्चाको भविष्य कस्तो होला ?
शिक्षा नीतिको स्थानीयकरण
मुलुकको आवश्यकता अनुकूल शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न के गर्ने र के नगर्ने भनी सरकारले अख्तियार गर्ने नीति नै शिक्षा नीति हो । सरकारको शिक्षासम्बन्धी दृष्टिकोण र मार्गचित्र हो ।
चुँडियो राजनीतिको दुर्लभ फूल
कैयौँ विरोधाभाषको एउटा अद्भुत सङ्गम हो मान्छेको जीवन ।
वैदेशिक रोजगारीः पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो ।
इमानदार प्रयास अपेक्षित
नेपाल कसरी बनाउन सकिन्छ भन्ने चिन्ता र चासो अहिले नेपाली जनतामा व्याप्त छ ।
शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ ।
पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।
‘दर्शकसँग नजिकिन टाढा भएको हो’
चलचित्र पिँजडाबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्नुभएका अभिनेता निखिल उप्रेतीले त्यसयता फर्केर हेर्नु परेको छैन ।
‘हरि हजुरबा’ मञ्चन सुरु
थापागाउँस्थित मण्डला नाटकघरमा बिहीबारदेखि ‘हरि हजुरबा’ को मञ्चन सुरु भएको छ ।
थानकोट–चित्लाङ सडक एक महिना बन्द
मकवानपुर र काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ । सडक सुधार कार्यको लागि थानकोट–चित्लाङ सडक लामो समय बन्द गर्न लागेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
डा. रिजाल सम्मानित
ॐ अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाललाई सम्मानित गरेको छ ।
गहुँ बालीलाई मल माग्दै किसान
गहुँ बाली लगाउने बेलामा मलको चरम अभाव खेप्दै आएको भन्दै जिल्लाका किसानले कृषि औजारसहित मल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । जनमत पार्टी संसदीय दलका नेतासमेत रहनुभएका प्रदेश सांसद महेशप्रसाद यादव अगुवाइमा किसान सडकमा उत्रिएका हुन् ।
आत्मनिर्भर हुन अवसरको खोजी
वैदेशिक रोजगारीबाट फर्किएका महिला विदेशमा आर्जेको पुँजी, ज्ञान, सिपलाई स्वदेशमा लगानी गरेर आत्मनिर्भर हुन चाहन्छन् तर देशमा त्यो खालको वातावरण नहुँदा कतिपय दोहो¥याएर पुनः विदेश जान्छन् भने कोही काम गर्ने हुटहुटी हुँदाहुँदै पनि कता के गर्ने भन्ने ज्ञान नहुँदा त्यत्तिकै खुम्चिएर बस्न बाध्य हुन्छन् ।
आज काठमाडौंका यी स्थानमा विजुली काटिदैछ
नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।