धापासीस्थित तीन तले घरमा भीषण आगलागी
टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो ।
संविधान संशोधन राष्ट्रिय सहमतिमा हुन्छ : नेता गौतम
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान संसोधन राष्ट्रिय सहमतिमा हुने बताउनुभएको छ ।
पत्रकार महासंघ गुल्मी कार्यालयमा लागेको ताला खुल्यो
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ । सदस्यता शुद्धीकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति भएपछि आज बिहिबार खुलेको हो ।
‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔँ’
प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ ।
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हप्तौँको झगडापछि बिहीबार जानकारी दिएको छ ।
कोशी प्रदेशलाई आयुर्वेदकाे केन्द्र बनाइने
आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदलले यस विषयमा सुझाव पेश गरिसकेको छ ।
भूकम्पले ढलेका घर ठडिएनन्
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले ढलेका घर अहिलेसम्म पनि ठडिएका छैनन् । भूकम्प जानुभन्दा अघि चहलपहल हुने भेरी नगरपालिका ३ पीपलडाँडा सुनसान छ ।
लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।
नागरिकको सेवामा अहोरात्र खटिन निर्देशन
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले सुरक्षा नै समाजको मेरूदण्ड भएकोले समाजको सुरक्षाका लागि अहोरात्र परिचालित हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ । एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित उहाँको उपचारका क्रममा आज निधन भएको उहाँका भतिजा नरेश झाले जानकारी दिनुभयो ।
मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित
बर्दिया राष्टिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्याउन थालेपछि बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भइरहेका छन् ।
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नागरिक शान्ति सेवा भवन उद्घाटन
नागरिक शान्ति सेवा भवनको इलाममा शिलान्यास गरिएको छ ।
जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।
आगलागीमा परी १० लाखभन्दाच बढीको क्षति
विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा १० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
खानेपानी र विद्युत सेवा अनियमित हुँदा स्थानीयलाई सास्ती
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा विद्युतदेखि खानेपानी र इन्टरनेट अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ।
पाँच महिनामा चार करोडभन्दा बढीको तस्करीका सामान नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँकेले चालु आर्थिक वर्षको पाँच महिनामा ४ करोड रुपियाँभन्दा बढी मूल्यका तस्करी गरिएका विभिन्न अवैध मालसामान बरामद गरेको छ ।
बाँकेमा धानखेती क्षेत्रफल घट्यो, उत्पादन बढ्यो
बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
स्थानीय स्तरमै माछा खपत
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले उत्पादन गरेको माछा स्थानीय स्तरमै खपत हुने गरेको छ ।
मोटरसाइकल दुर्घटनामा मृत्यु
वीपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
मण्डलामा आजबाट नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।
सालको गोलियासहित पक्राउ
प्रहरीले सालको गोलियासहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ वेलकुण्डीका दुःखीराम रानालाई पक्राउ गरेको छ ।
डोल्पाको चुँ गाउँ
डोल्पा, पुस ४ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ मा अवस्थित चुँ गाउँ । तस्बिरः रासस