एसियाली राजमार्गबाट लाभ लिन सुझाव
त्रिदेशीय जीवनरेखा विराटनगर रानी–सङ्खुवासभा–किमाथाङ्का सडक सञ्जाल जोडिएर विराटनगर महानगरपालिकाले प्रतिस्पर्धात्मक लाभ लिन सहज हुने औद्योगिक क्षेत्रका उद्योगीले बताएका छन् ।
लगानी सम्मेलनबारे प्रदेश संसदीय समितिको चासो
कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको प्रदेश लगानी सम्मेलनको तयारीप्रति संसदीय समितिले चासो देखाएको छ ।
जडीबुटीको कौडी भाउ : सस्तोमा बेच्यो, महँगोमा किन्यो
बैतडीबाट गत वर्ष चार लाख किलो जडीबुटी निकासी गरेर सरकारले १६ लाख रुपियाँ राजस्व प्राप्त गर्दा जिल्लाका चार वटा आयुर्वेदिक अस्पतालका लागि ५० लाख रुपियाँ खर्च गरेर जडीबुटीको चूर्ण खरिद गरेको छ ।
ऊर्जा सङ्कटकाल लगाउन माग
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले विद्युत्को क्षेत्रमा तीव्र विकासका लागि ऊर्जा सङ्कटकाल लगाउन माग गरेको छ ।
व्यापार लगानी प्रवर्धन सम्झौता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका उद्योगमन्त्री च्योङबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्धन फ्रेमवर्क (टिआइपिएफ) सम्झौतामा हस्ताक्षर भएको छ ।
सरकार प्रभावकारी बनाउन पार्टीपङ्क्तिलाई निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।
माओवादी केन्द्र व्यवस्थित हुँदै छ : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी व्यवस्थित हुँदै गएको बताउनुभएको छ ।
विश्व ध्यान दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको घोषणा अनुसार शनिबार पहिलो पटक ‘विश्व ध्यान दिवस’ मनाइँदै छ ।
अनधिकृत ‘होर्डिङ बोर्ड’ हटाउन सुरु
काठमाडौँ महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा राखिएका विज्ञापनका ‘होर्डिङ बोर्ड’ हटाएको छ ।
‘विज्ञान र प्रविधिमा नास्टको नेतृत्वदायी भूमिका’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको क्षेत्रमा भइरहेको विकासलाई हाम्रो दैनिक जीवनसँग जोड्ने कार्यका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
एकल आमाका सन्तानबारे नागरिकता ऐन अझै अपूर्ण
नागरिकता प्रमाणपत्र प्रदान गर्न सकिने र नसकिने अवस्थाबारे स्थानीय तहदेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
विदेशी कम्पनीको सर्यो उडान तालिका
यात्रु अभाव र मौसमका कारण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्दै आएका विदेशी हवाई कम्पनीले उडान तालिका सारेका छन् ।
समावेशीको अवसर पटक पटक नदिऔँ
एक पटक समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी कानुन तर्जुमा गर्न प्रदेश लोक सेवा आयोगले सुझाव दिएको छ ।
दस विमानस्थल रात्रिकालीन उडानयोग्य
नेपालमा कमजोर दृश्य क्षमता र रातको समयमा पनि उडान अवतरण गर्न सकिने प्रविधि जडित विमानस्थलको सङ्ख्या १० पुगेको छ ।
पानीजहाज विधेयक राष्ट्रिय सभामा
राष्ट्रिय सभामा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक– २०८१ दर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विधेयक दर्ता गराएको हो ।
असावधानीले चिसोमा जान्छ ज्यान
वीरेन्द्रनगर–४, भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ ।
४० लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने
मकवानपुरको बकैया गाउँपालिका १२ मा दातृ संस्थाको सहयोगमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । वडा १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने झोलुङ्गे पुलको बिहीबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, वडा ११ का वडाध्यक्ष गोपाल लामा र वडा नं. १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
धापासीस्थित तीन तले घरमा भीषण आगलागी
टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो ।
संविधान संशोधन राष्ट्रिय सहमतिमा हुन्छ : नेता गौतम
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान संसोधन राष्ट्रिय सहमतिमा हुने बताउनुभएको छ ।
पत्रकार महासंघ गुल्मी कार्यालयमा लागेको ताला खुल्यो
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला खुलेको छ । सदस्यता शुद्धीकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमति भएपछि आज बिहिबार खुलेको हो ।
‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔँ’
प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरिरुपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्टरुपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ ।
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले हप्तौँको झगडापछि बिहीबार जानकारी दिएको छ ।
कोशी प्रदेशलाई आयुर्वेदकाे केन्द्र बनाइने
आयुर्वेद चिकित्सा सेवा जडीबुटी, शिक्षा, तथा अध्ययन अनुसन्धान सम्भाव्यता अध्ययन तथा कार्ययोजना तर्जुमा कार्यदलले यस विषयमा सुझाव पेश गरिसकेको छ ।