सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०-८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।
अपराधका घटना बढेको प्रहरीको तथ्याङ्क
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यकाका तीन
ठुला पोल उत्पादन गर्दै हुलास
हुलास स्टिल इन्डस्ट्रिजले विद्युत् प्रसारण लाइनमा प्रयोग हुने ठुला क्षमताको विद्युतीय पोल उत्पादन गर्ने भएको छ । यसका लागि पर्सा जिल्लाको बेल्वा नगरपालिकामा एक अर्ब रुपियाँभन्दा बढी लगानीमा हुलास स्टिलको दोस्रो युनिट स्थापना गरी आवश्यक उपकरण जडान गरिसकेको कम्पनीले जनाएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
नेपालमा ‘मिस माल्टा’
मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा सहभागी हुन मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल आइपुग्नुभएको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धा राजधानीमा शनिबार हुँदै छ । दी हिडन ट्रेजरको निम्तोमा मिस माल्टा चेरिस नेपाल आउनुभएको हो । एक साता लामो भ्रमणका लागि मिस माल्टा चेरिससहित पाँच जना आउनुभएको छ । उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि पन्चै बाजासहित पुग्नुभएको थियो । नेपालको पर्यटन प्रवर्धक प्रकाश भण्डारीका अनुसार मिस माल्टा चेरिसको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा मिस माल्टा चेरिससहित केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु हुनुहुन्छ ।
मत्स्येन्द्रनाथकी प्रेमिकालाई फूलप्रसाद
रातो मत्स्येन्द्रनाथ (करुणामय) को पानेजु (पुजारी) ले सोमबार कीर्तिपुरकी याकः मिसालाई फूलप्रसाद चढाउनुभएको छ । कीर्तिपुरका ७३ वर्षीय लक्ष्मीकुमारी महर्जन (याकः मिसा) लाई मत्स्येन्द्रनाथको फूलप्रसाद चढाउनुभएको हो । अविवाहित महर्जनलाई याकः मिसा एवं कन्या कुमारी मानेर उक्त प्रसाद चढाइएको हो ।
रोपाइँ बढ्यो, उत्पादन बढ्ने
देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये एक लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
घट्यो धानचामल आयात
गत आर्थिक वर्षमा धानचामल आयात ४० प्रतिशतले घटेको छ । भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २२ अर्ब रुपियाँ बराबरको धान चामल आयात भएको छ ।
पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ । बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ ।
फोहोर व्यवस्थापनमा सुधार
काठमाडौँ उपत्यकाको सरसफाइको अवस्था अहिले चुस्त छ । सामान्यतः आर्थिक वर्ष समाप्त हुने र नयाँ आव लाग्ने सङक्रमणको समयमा उपत्यकामा हुने फोहोरको सकस यस पटक बेहोर्नु परेन । विगतमा हरेक वर्ष जसो असार र साउनमा विभिन्न माग राखी काठमाडौँको फोहोर व्यवस्थापन अवरोध हुन्थ्यो । एक/एक महिनासम्म फोहोर नउठेर काठमाडौँको चोक र गल्ली दुर्गन्धित बन्थे । फोहोर व्यवस्थापनको अवरोध हटाउन सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबिच पटक पटक वार्ता र संवाद हुन्थ्यो ।
विपदमा एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता
मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।
पर्यटनमन्त्रीसामु विमान परिचारिकाले बुझाए मागपत्र
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस) ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।
‘भ्रष्ट्राचार रोक्न सदाचार नीति ल्याइनुपर्छ’
संसदीय समितिले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ ।
एमाले र कांग्रेसको संयुक्त सरकार निर्माण हुनेछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनुभएको छ ।
जडीबुटी र गैरकाष्ठको निकासी दोब्बरले वृद्धि
ताप्लेजुङमा आर्थिक वर्ष २०८०–८१ मा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढीले निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा जडीबुटी तथा गैरकाष्ठ प्रजाति दोब्बर बढी निकासी भएको हो ।
पर्सा ट्राफिक प्रहरीद्वारा दुई करोड ७६ लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर सो राजस्व सङ्कलन गरेको हो ।
धेरै कार्गो बोक्ने नेपाल एयरलाइन्स सम्मानित
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो ।
दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत
सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।
पत्रकारिताको धार समाउन युट्युबलाई सुझाव
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबवरलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गर्नुभएको हो ।
दुना टपरी व्यवसायमा जोडिँदै महिला
अर्जुन चौपारी गाउँपालिका १ मा जिरोमा मेसिनबाट पातका दुना टपरी बनाउन थालिएको छ । यहाँको भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले मेसिनबाट साल, कटुस, चिउरी लगाएका पातबाट दुना टपरी बनाएर बिक्री वितरण गर्न थालेको हो ।
एकल महिलालाई नागरिकता लिन समस्या
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका ५ की खगिसरा कार्की नागरिकता पाउनबाट वञ्चित हुनुभएको छ । एक वर्ष अगाडी श्रीमान् गुमाउनु भएकी ४५ वर्षीय खगिसरा कार्कीको नागरिकता नहुँदा राज्यबाट पाउने सबै सेवाबाट वञ्चित हुनु भएको हो ।
गोरखापत्रका सामग्री अब नेपाली पात्रोमा
गोरखापत्र संस्थानबाट प्रकाशन हुने गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुनाका सामग्री अब नेपालीपात्रोमा पनि पढ्न सकिने भएको छ ।
‘औद्योगिक क्षेत्रको विकास बिना मुलुकको समृद्धि असम्भव’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास बिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ ।
दुई प्रस्ताव सर्वसम्मतिले स्वीकृत
राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि बिचारियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।