• १६ वैशाख २०८२, मङ्गलबार

अनधिकृत ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

blog

काठमाडौँ,पुस ५ गते । काठमाडौँ महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा राखिएका विज्ञापनका ‘होर्डिङ बोर्ड’ हटाएको छ । काठमाडौँ महानगर प्रहरी बलले बुधबार ४२ थान ‘होर्डिङ बोर्ड’ हटाएको हो । महानगरका प्रवक्ता नवीनकुमार मानन्धरले महानगरको वडा नम्बर १५ मा पर्ने अजिमा हलदेखि भगवानपाउ क्षेत्रमा अनधिकृत रूपमा विज्ञापन गरिराखिएका ‘होडिङ बोर्ड’ हटाएको जानकारी दिनुभयो । महानगरपालिकाले तोकेको मापदण्ड पालना नगरेको तथा अनुमति नलिएको स्थानमा राखिएको ‘होर्डिङ बोर्ड’ अभियानकै रूपमा हटाउन सुरु गरेको प्रवक्ता मानन्धरले स्पष्ट पार्नुभयो ।