• ४ पुस २०८१, बिहिबार

नागरिक शान्ति सेवा भवन उद्घाटन

blog

इलाम नगरपालिका–८ मा नागरिक शान्ति सेवा भवन उद्घाटन गरिँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, पुस ४ गते । नागरिक शान्ति सेवा भवनको इलाममा शिलान्यास गरिएको छ । कोशी प्रदेश सरकारको ५० लाख अनुदान सहयोगमा भवन निर्माण गरिने भवनको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले शिलान्यास गर्नुभएको हो ।

शिलान्यासका क्रममा बोल्दै मन्त्री रानाले यो भवनलाई नागरिकहरुको मानव अधिकार रक्षाका लागि सुरक्षित आवास गृहका रुपमा पनि प्रयोगमा ल्याउन सकिने बताउनुभयो । 

२२ वटा कोठा रहेको तीन तले पक्की भवनको व्यवस्थापनको काम भने मानव अधिकार मञ्च नेपाल इलामले गर्ने  जनाइएको छ । ३० लाख रुपियाँमा ठेक्का लागेको भवन आगामी ६ महिनामा सम्पन्न हुने लक्ष्य रहेको मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विकले बताउनुभयो ।