• ८ वैशाख २०८२, सोमबार

विपन्न परिवारलाई शौचालय

blog

फूलबारी समाचारदाता

फूलबारी (कैलाली), पुस ५ गते । रोटरी क्लब आफ पोखरा कास्की र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संयुक्त साझेदारीमा कैलालीको धनगढीमा  दुई सय शौचालय हस्तान्तरण गरिएको छ । आर्थिक रूपमा विपन्न परिवारका लागि शौचालय निर्माण गरेर मङ्गलबार धनगढीमा आयोजित एक समारोहबिच शौचालय हस्तान्तरण गरिएको हो ।

जापान, क्यानडा र भारतलगायतका मुलुकका दाताको सहयोगमा उपमहानगरपालिकाका वडा नम्बर १ मा  ४३, २ मा  ३८, ३ मा ४०, ४ मा १०, ११ मा ३७ र १३ मा ३२ गरेर दुई सय शौचालय हस्तान्तरण गरिएको रोटरी क्लब अफ पोखरा कास्कीका अध्यक्ष तथा संस्थापक सचिव किरणलाल श्रेष्ठले  बताउनुभयो । यस्तै सोही क्लबको सहयोगमा  धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीलाई झोलासमेत वितरण गरिएको श्रेष्ठले बताउनुभयो ।

शौचालय हस्तान्तरण समारोहमा बोल्नुहुँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाश देउवाले आर्थिक रूपमा विपन्न परिवारको सरसफाइमा सहयोग  पु¥याउन क्लबले महत्वपूर्ण कार्य गरेको बताउनुभयो । मन्त्री देउवाले आगामी वर्ष क्लबसँग मिलेर थप चार सय घरपरिवारका लागि शौचालय निर्माण गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “हामी विकास सँगसँगै सामाजिक कार्य पनि गरिरहेका छौँ, आगामी दिनमा  पनि विपन्न परिवारका लागि फाइदा हुने थप कार्यक्रम ल्याउने छौँ ।”

दुई सय शौचालय हस्तान्तरणले ‘हाम्रो धनगढी, सफा धनगढी’ भन्ने नारालाई साकार गर्न थप टेवा पुगेको पूर्वमन्त्री देउवाले बताउनुभयो ।