गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ६ गते । चलचित्र ‘झिल्को‘ को प्रदर्शन मिति हेरफेर भएको छ । चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन वैशाख १९ लाई नयाँ मिति तय गरेको जानकारी दिनुभयो । यसअघि चलचित्रको फस्र्ट लुक सार्वजनिक गर्दै पुस ५ मा प्रदर्शन मिति घोषणा गरिएको थियो । चलचित्रको केही दृश्यको छायाङ्कन बाँकी रहेकाले मिति परिवर्तन गर्नु परेको निर्देशक भट्टराईले बताउनुभयो । “पोस्ट प्रोडक्सनमा समय लगाएर काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,” उहाँले बताउनुभयो । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय चलचित्र हो ।
“बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठुलो समस्याका रूपमा विकास हुँदै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो,” निर्देशक भट्टराईले भन्नुभयो, “यो एक व्यावसायिक र बालमनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो ।”