गोरखापत्र अनलाइन
काठमाडौं, पुस ५ गते । साइबर सेक्युरिटी कम्पनि सोफोस टेक्नोलोजिजले “साइबर आक्रमण र यसबाट कसरी जोगिने” सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सोफोस टेक्नोलोजिज र क्लाउड टेक सोलुसन्सको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा सुरक्षा निकायलगायत सरकारी कार्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकाय, कर्पोरेट संस्थानहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा सोफोसका निर्देशक नबिनकुमार ग्रोबरले बढ्दो विश्वव्यापी साइबर आक्रमणको ढाँचा र यसबाट बच्नका लागि गर्नुपर्ने तयारीका बारेमा प्रस्तुति दिनुभएको थियो। सोफोस टेक्नोलोजिज साइबर सेक्युरिटिको क्षेत्रमा कामगर्ने चर्चित कम्पनि मानिन्छ । यसले साइबर सेक्युरिटिका निमित्त आवश्यक फाएरवाल, स्विच, एन्टीभाइरस, फिस थ्रेट, इनक्रिप्सन, इमेल सेक्युरिटि जस्ता सेवाहरू प्रदान गर्दै आएको छ । सोफोस टेक्नोलोजिजको नेपालस्थित आधिकारिक बितरक क्लाउड टेक सोलुसन्स प्रालि रहेको छ।