सिमकोटमा छ करोडको आलु बिक्री
जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो ।
बागमती प्रदेशको बजेट खर्च न्यून
बागमती प्रदेश सरकार चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चमा कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि गत असार १ गते ल्याएको बजेट अनुसार पहिलो छ महिनामा १६ प्रतिशत मात्र खर्च गरेको छ ।
स्वदेशी वस्तुको प्रयोग बढाउन सक्रियता
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयनसम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको छ ।
पौने छब्बिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा २५ अर्ब ७७ करोड रुपियाँ बराबरको वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ ।
नकटाझिज बन्दैछ खेलाडी उत्पादक
धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खेल मैदानमा ११ वर्षीय लक्ष्मीनियाकुमारी दास एकाबिहानै हक्की खेलको अभ्यास गर्न पुग्नुहुन्छ ।
निःशुल्क स्वास्थ्य शिविरमा २४० लाभान्वित
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डप काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामीण महिला उत्सुक्ता विकास मञ्च फवार्ड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।
हिउँदे बाली जोगाउन खेतमा बास
कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन आपत परेको हो ।
सामाजिक सद्भाव फैलाउन संस्कृति महत्वपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संस्कृति समाजिक सद्भाव फैलाउन महत्वपूर्ण रहेको बताउनुभएको छ ।
जिबीको राहदानी रोक्का
देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो ।
समयमै मुआब्जा नपाउँदा घरबारविहीन भएको गुनासो
महोत्तरीको बर्दिबास नगरपालिकाका पीडितहरुले रेल विभागले समयमै मुअब्जा नदिएर घरबारविहीन बनाएको आरोप लगाएका छन् ।
समाजवादी प्रेस सङ्गठन प्रेस चौतारीमा समाहित
नेकपा (एकीकृत समाजवादी) पार्टी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहित संगठनका पदाधिकारी तथा सदस्यहरु नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालमा समाहित हुनुभएको छ ।
'सहिद परिवारलाई शिक्षा स्वास्थ्य साथै रोजगारीको व्यवस्था हुनुपर्छ'
राज्यले सहिदको सम्मानका साथै सहिद परिवारलाई निशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा प्रदेशसभा सदस्यहरुले जोड दिनुभएको छ ।
मेला पर्वमा मात्र सीमित कालीगण्डकीको स्टिमर
कालीगण्डकी नदीबाट पहिले खाद्यान्न र खचाखच यात्रुहरु बोक्ने स्टिमर अहिले मेला पर्वमा मात्र सीमित हुन थालेको छ ।
पर्यटकीय केन्द्र बन्दै कमला नदीको झोलुङ्गे पुल
धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला नदीमा बनेको मधेश प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल हाल आन्तरिक तथा भारतीय पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।
कोइलाबास नाकालाई सक्रिय बनाइने
नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ गर्दै आर्थिक र सांस्कृतिक सहकार्यलाई अघि बढाउन कोइलाबास नाकालाई पुनः सक्रिय बनाउनुपर्ने आवश्यकता प्रष्ट देखिएको छ ।
हरिनासमा एकल पुरुषलाई मासिक एक हजार भत्ता
पालिकाको १६ औं गाउँसभामा कार्यविधि बनाएर एकल पुरुष भत्ता दिने निर्णण गरेको हो ।
लोकभजन संरक्षण गर्न भजन प्रतियोगिता
बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
रुपन्देहीमा तीन लाख राशीको स्नुकर प्रतियोगिता हुने
बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ ।
नेपालगञ्ज-गुलरिया सडक खण्डको पेडारीमा पक्कि पुल बन्ने
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।
जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो
मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व नपाएको गुनासो गरेका छन् ।
२२ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
शिक्षकलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण
कोहलपुर नगरपालिकाले भूकम्पसम्बन्धि जनचेतना बढाउने उद्धेश्यले विद्यालय विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।
गोरखामा ५४ लाखभन्दा बढी राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको छ ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो ।