शीतसँगै चुहिन्छन् भूकम्पपीडितका आँसु
माघको कठ्याङ्ग्रिँदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेटो ।
हिमपातले चिसो बढ्यो, खेतीपाती राम्रो हुने
बाजुरामा फेरि हिमपात सुरु भएपछि चिसो बढेको छ ।
तनाव व्यवस्थापनमा आत्मसंयम
‘सोचे झैँ जिन्दगी रैन छ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबिच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ ।
चार महिनापछि बैठक बस्दै
सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ । माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो ।
हुस्सु–कुहिरोबाट सतर्कता अपनाउन आग्रह
काठमाडौँ, माघ ५ गते । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।विभागका अनुसार आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
काठमाडौँ, माघ ५ गते । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
घरजग्गा कारोबारबाट चार अर्ब २५ करोड राजश्व सङ्कलन
घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ ।
पित्तथैलीमा पत्थरीको समस्या
पित्तथैलीमा पत्थरीको समस्यालाई कोलेलिथियासिस र पित्तथैलीको सुजनलाई मेडिकल भाषामा कोलेसिस्टाइटिस भनिन्छ ।
दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति
काठमाडौँ, माघ ५ गते । लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको रु ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो । यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ । बोर्डमा हालसम्म रु ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ ।
अमेरिकी डलरको मूल्यमा वृद्धि
काठमाडौँ, माघ ५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, अष्ट्रेलियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसारे थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सुदूरपश्चिममा भूकम्पीय जोखिम
पश्चिम नेपाल र विशेष गरी सुदूरपश्चिम क्षेत्रमा महाभूकम्पको ठुलो जोखिम रहे पनि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न सरोकारवाला चुकेको विज्ञले औँल्याएका छन् ।
स्वास्थ्य क्षेत्रमा भारतको योगदान
भारतका ठुला अस्पतालमा नेपाली बिरामीको भिडभाड हुन्छ ।
गलत दाबी गरेकोमा फिरादीलाई जरिबाना
सवारी तथा यातायातसम्बन्धी कसुर मुद्दामा अस्वाभाविक दाबी गरेको भन्दै जिल्ला अदालत काठमाडौँले वादी (मुद्दा दर्ता गर्ने) लाई जरिबाना गरेको छ ।
आजबाट विश्व यु–१९ महिला क्रिकेट , सुपर सिक्समा पुग्ने लक्ष्य
नेपाली पुरुष यु–१९ ले आठ पटक विश्वकप खेलेको छ । विश्व यु–१९ क्रिकेटमा नेपालको गर्विलो छविलाई महिला क्रिकेटले थप उच्च पारेको छ ।
‘जोखिम उठाएर मैदानमा आएको छु’
कुनै समय खरो चलचित्र समीक्षकको परिचय बनाउनुभएका दीपेन्द्र लामाको परिचय फेरिएको पनि आधा दशकभन्दा बढी भइसकेको छ ।
लोकभजन संरक्षण गर्न प्रतियोगिता
बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
डा. थापाको तन्त्र र मन्त्र विज्ञान
धार्मिक अभियन्ता एवं पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाद्वारा लिखित तन्त्र विज्ञान र मन्त्र विज्ञान पुस्तक हिन्दी भाषामा अनुवाद भएको छ ।
आइटी उद्योगका लागि लगानी सहजीकरण गरिने
नेपाल चेम्बर अफ कमर्सले आइटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने बताएको छ ।
ऊर्जा खपत विस्तारमा जोड
ऊर्जाविज्ञले सरकारले विद्युत्को आन्तरिक खपत विस्तारमा ध्यान दिनुपर्ने बताएका छन् ।
प्रमको पहलमा सुल्झियो विवाद
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिच २२ वर्षदेखि जारी सहकार्यले तत्काल निरन्तरता पाउने भएको छ । तर, यो सहकार्य कहिलेसम्मका लागि भने यकिन भएको छैन । २०५९ चैत १९ गतेको सम्झौता अनुसार सहकार्यमा रहेका यी दुई संस्थाबिच पछिल्लो चार वर्षदेखि विवाद बढेको थियो ।
‘पर्यटनका लागि पूर्वाधार विकास आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनुभएको छ ।
सिमकोटमा छ करोडको आलु बिक्री
जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकामा यस वर्ष छ करोड रुपियाँभन्दा बढी मूल्यको आलु बिक्री भएको छ । किसानले व्यवसायिक आलु खेती गर्न थालेपछि सो मूल्यको आलु बिक्री भएको हो ।
बागमती प्रदेशको बजेट खर्च न्यून
बागमती प्रदेश सरकार चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्चमा कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आवका लागि गत असार १ गते ल्याएको बजेट अनुसार पहिलो छ महिनामा १६ प्रतिशत मात्र खर्च गरेको छ ।
स्वदेशी वस्तुको प्रयोग बढाउन सक्रियता
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयनसम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको छ ।