• ५ माघ २०८१, शनिबार

आइटी उद्योगका लागि लगानी सहजीकरण गरिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते । नेपाल चेम्बर अफ कमर्सले आइटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने बताएको छ । सरकारले अध्यादेशमार्फत लगानी सहजीकरणको प्रयास गरेको भन्दै चेम्बरले सूचना प्रविधि उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो । आइटी, सफ्टवेर एन्ड टेक्नोलोजी समितिमार्फत चेम्बरले आइटी उद्योगमा लगानीको खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्ने छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि आइटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत अब आइटी उद्योग हो, सरकारले पनि आगामी १ दशकमा वार्षिक ३० खर्ब भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ ।