बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
हराए ‘पोखराको सम्झना’
पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ ।
स्थानीय सेवा ऐन संशोधनको माग
कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, ०८१ कार्यान्वयनका लागि पुष १९ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत समेत गरिसकेको छ ।
मौलिक पोसाक भाडामा लगाएर आम्दानी
यहाँको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।
छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका
यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।
मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
हुम्लामा हिमपात
हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ ।
थारू युवती
दाङ, माघ ३ गते । माघी मनाउने क्रममा मौलिक भेषभूषामा सजिएका दाङ देउखुरीको गढवा गाउँपालिका ७ स्थित झारबैराका स्थानीय थारू युवती । तस्बिर ः रासस
हिमाल र लोकमार्ग
कास्की, माघ ३ गते । मध्यपहाडी लोकमार्गको पोखराखण्डस्थित पोखरा महानगरपालिका–२५ हेमजाबाट देखिएको माछापुच्छ्रेलगायत हिमशृङ्खला । तस्बिर ः रासस
जोमसोम बजार र नीलगिरि हिमाल
मुस्ताङ, माघ ३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी किनारबाट देखिएको जोमसोम बजार र पृष्ठभूमिमा नीलगिरि हिमाल । तस्बिर ः रासस
सुक्खा बन्दरगाह भन्सार : छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु. २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
विषादी छर्कँदै
कैलाली, माघ ३ गते । धनगढी उपमहानगरपालिका २ कृष्णनगरका किसान बाक्लो हुस्सुबाट तरकारीखेती जोगाउन गोलभेंडाका बिरुवामा औषधी छर्कँदै । तस्बिर ः रासस
सिक्लेस गाउँ
कास्की, माघ ३ गते । कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल । गुरुङ जातिको बाहुल्य रहेको सिक्लेसमा छ सयभन्दा बढी घरधुरी छन् । तस्बिर ः रासस
अल्लोको कपडा बुन्दै
म्याग्दी, माघ ३ गते । म्याग्दी सदरमुकाम बेनीमा जारी आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलामा तानमा अल्लाको धागोबाट कपडा तयार गर्दै मालिका गाउँपालिका–२ रुमकी ८५ वर्षीया कुमारी घर्ती । मालिका गाउँपालिकाले आफ्नो पालिकाको उत्पादन, प्रविधि र सिपलाई समेत महोत्सव स्थलमा प्रदर्शनीमा राखेको छ । तस्बिर ः रासस
दाङबाट देखिएको धौलागिरि हिमाल
तुलसीपुर, माघ ३ गते । दाङको पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका १९ चिल्लीकोटबाट देखिएको धौलागिरि हिमाल । तस्बिर ः रासस
शम्शेरगञ्ज बजार
बाँके, माघ ३ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ स्थित महेन्द्र राजमार्गसँगै जोडिएको शम्शेरगञ्ज बजार । तस्बिर ः रासस
इजरायल-हमासबीच युद्धविराम–बन्धक सम्झौता भएको बाइडेनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभएको छ । जसले गाजामा लडाइँलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणबद्ध रिहाइ हुने बताइएको छ ।
चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताउनुभएको छ ।
सरकारी सेवामा पहुँच बढाउँदै युवा
धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका युवाले पछिल्लो समय सरकारी सेवामा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।
भूकम्पबारे सचेतना आवश्यक
भूकम्पीय जोखिम कम गर्न भूकम्पप्रतिरोधी संरचना निर्माणसँगै नागरिकमा सचेतना आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
कोदोको उत्पादन घट्दै माग र मूल्य बढ्दै
ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ ।
प्रतियोगितात्मक कृषि प्रदर्शनी
इलामको माईबेनीमा बर्सेनि लाग्ने मकरसङ्क्रान्ति मेलाका अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी भएको छ ।
उपचार नपाउँदा गर्भवतीको मृत्यु
दार्चुलामा एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका १ आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति मृत्यु भएको हो ।
चर्किएकै घरमा फर्किए भूकम्पपीडित
बाजुरामा भूकम्पको डरले सुरक्षित स्थानमा त्रिपालमुनि बास बस्दै आएका भूकम्पपीडित फेरि चर्किएकै घरमा फर्किन बाध्य भएका छन् ।