नेपाल–भारत सीमा स्तम्भको रङगरोगन र मर्मत
कैलाली जिल्लास्थित नेपाल–भारत सीमा स्तम्भहरु रङगरोगनको काम सुरु भएको छ । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का असिष्टेण्ट कमाण्डरको उपस्थितिमा विहीबारदेउख रंगरोगन सुरु भएको हो ।
मधेश प्रदेश सरकारले मनायो स्वाभिमान दिवस
मधेश प्रदेश नामकरण भएको सम्झनामा माघ ३ गते मधेश प्रदेश सरकारले मनाउँदै आएको मधेश स्वाभिमान दिवस यस वर्ष दिपावली गरी मनाएको छ ।
आठ करोड ९० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन
पछिल्लो समय नवलपुरको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला खेती बनेको छ । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
भीरमा फसेका जर्मन नागरिकको उद्धार
सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
निर्माणाधीन नाट्यघरमा आगलागी
मोरङको सुन्दरहरैँचा –८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी भएको छ । बिहीबार अपरान्ह साढ ३ बजेतिर खरले छाएका दुईवटा घरमध्ये एउटा घरमा आगलागी भएको हो ।
मेची राजमार्गको स्तरोन्नति गर्न माग
मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई आज ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् ।
टेलिकमको टावर निर्माण गर्न सञ्चारमन्त्रीलाई ध्यानाकर्षण
नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
'सार्वजनिक क्षेत्रमा निरन्तर खबरदारी आवश्यक'
कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले पत्रकारिता क्षेत्रले सार्वजनिक जिम्मेबारीमा रहेकाहरुको निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
महिलाहरुलाई बाध्यवादन तालिम
सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ ।
कोशीमा छुट्टै राजश्व महाशाखा गठनको तयारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताउनुभएको छ ।
भूकम्प प्रभावितको आवास पुनर्निर्माण अछामबाट प्रारम्भ
भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माणको प्रारम्भ अछाम जिल्लाबाट सुरुवात गरिएको छ । दुई वर्षअघि डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण गर्ने गरेर मंगलसेन नगरपालिका–५ की खन्टी कामीसँग सम्झौता गरिएको हो ।
ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः प्रमुख घिमिरे
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।
महोत्तरीका १३ पालिकामा हुलाक कार्यालय स्थापना
‘एक पालिका, एक हुलाक’ अवधारणा अन्तर्गत महोत्तरी जिल्लाको पालिकाहरुमा पालिका हुलाक कार्यालय स्थापना कार्यान्वयन भइरहेको छ ।
स्थानीय सेवा ऐन सुधार गर्न कर्मचारीको माग
कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, संशोधन गर्न कर्मचारी संगठनहरूले माग गरेका छन् । जारी गरिएको ऐन विभेदकारी रहेको भन्दै विभिन्न कर्मचारी संगठनहरूले ऐन संशोधनको माग गरेका हुन् ।
पर्वतमा पर्यटन प्रवर्द्धन गर्न सूचना केन्द्रको अभाव
गण्डकी प्रदेशमा पर्ने भौगोलिक रुपमा सानो पहाडी जिल्ला पर्वत पछिल्लो एक दशकदेखि पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ ।
मगर समुदायको 'थाली नाच'
करिब सात दशकअघि म्याग्दीको रघुगङ्गा गाउँपालिका, ७ चिमखोलाबाट सुरुवात भएको थाली नाच अहिले देश तथा विदेशमा लोकप्रिय बनेको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह (तस्बिरहरु)
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सुरू भएकाे छ ।
सुदूरपश्चिममा बिहानैदेखि वर्षा
सुदूरपश्चिम प्रदेशमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । पश्चिम न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीको संयुक्त प्रभावका कारण वर्षा भइरहेको जलवायुविद् डा. धरमराज उप्रेतीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन
जिल्लाको नरैनापुर गाउँपालिका–१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको आज उद्घाटन गरिएको छ ।
भन्सार छलीका सामानसहित एक पक्राउ
भारतबाट अवैध रुपमा ल्याइएका भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् ।
अज्ञात रोग नियन्त्रण गर्न पशुलाई खोप
जिल्लाको माथिल्लो मुगुमकार्मारोङ गाउँ पालिकाको १,२ र ५ वडा बस्तीका चौंरीमा फैलिएको अज्ञात रोग महामारीलाई नियन्त्रण गर्न पशु स्वास्थकर्मीहरुलाई खोपसहित मुगुमकार्मारोङ गाउँ पालिकाको सीरानी चौरमा खटाइएको छ ।
स्कुटर दुर्घटनामा एकको मृत्यु
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नवजात शिशु मृत फेला
प्युठानको सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनाल समेत नकाटिएको अवस्थामा शिसु फेला परेको स्थानीयले जनाएका छन् ।
पाताल भूमेश्वरको तलाउ सङ्कटमा
नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भूमेश्वर गुफासँगै रहेको तलाउको पानी बर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ ।