सञ्जयकुमार मिश्र
गौर, माघ ३ गते । भारतबाट अवैध रुपमा ल्याइएका भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले भारतीय बिआर ०५ एम ७२७४ नम्बरको मोटरसाइकलबाट एक लाख ५१ हजारको मूल्य बराबरको मालसामानसहित एक जना पक्राउ परेका हुन् ।
ईशनाथ नगरपालिका २ बस्ने नगनारायण साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित सूचना अधिकारी एवम् प्रहरी निरीक्षक उमाशङ्कर प्रसादले बताउनुभयो । उनीबाट अवैध रुपले भन्सार छलीका एक लाख एक हजार मूल्य बराबरको बिस्कुट, चकलेट, चिनी, मिठाइ, लत्ताकपडा तथा पचास हजार मूल्य बराबरको मोटरसाइकल गरी एक लाख ५१ मूल्य बराबरको मालसामानसहित नियन्त्रण्मा लिइएको प्रहरी निरीक्षक प्रसादले बताउनुभयो ।
साहलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।