• ३ माघ २०८१, बिहिबार

अज्ञात रोग नियन्त्रण गर्न पशुलाई खोप

blog

हरिकृष्ण ऐडी

मुगु, माघ ३ गते । जिल्लाको माथिल्लो मुगुमकार्मारोङ गाउँ पालिकाको १,२ र ५ वडा बस्तीका चौंरीमा फैलिएको अज्ञात रोग महामारीलाई नियन्त्रण गर्न पशु स्वास्थकर्मीहरुलाई खोपसहित मुगुमकार्मारोङ गाउँ पालिकाको सीरानी चौरमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले खटाएको हो ।

रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर ५ सय २५ चौरीलाई  निःशुल्क एन्टिबायोटिक भ्याक्सिन लगाउने काम सकिएको पशु अस्पतालले जनाएको छ । पशु अस्पताल तथा भेट्नरी कार्यालयका पशु प्राविशिक केशर नेपालीका अनुसार अज्ञात रोगका कारणले १६ वटा चौरी मरेका थिए भने २५ वटा चौरी हराएका छन्।

मुगुमकार्मारोङ गाउँ पालिका वडा नं १,२ र ५ वडाका कृषकका ५ सय २५ चौरीलाई अज्ञायत रोग नियन्त्रणका लागि एन्टिबायोटिक भ्याकसिन खोप दिएको उहाँले बताउनुभयो ।

मुगुम कार्मारोङ गाउँ पालिका-५ का स्थानीय ग्यालजोङ लामाका अनुसार छ दशकदेखि यो पालिकामा चौरीलाई अज्ञात रोगले नछोएको उहाँले बताउनुभयो । अचानक अज्ञात रोगले २५ वटा चौरी मर्दा हामी चौरी पालक किसानलाई क्षेती भएको उहाँले गुनासो गर्नुभयो ।

एक चौरीको ८० हजार देखि एक लाख सम्म बिक्री व्यापार हुने गरेको छ । यता पशु अस्पताल मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाका अनुसार जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँ पालिका चौरीमा  देखिएको अज्ञायत रोग हालसम्म कुन हो भनेर पत्ता नलागेको हुँदा उक्त रोग एकिन गर्नलाई प्रादेशिक पशु अस्पताल सुर्खेतमा ल्याव परिक्षणका लागि निर्देशनालयमा पठाइएको छ।