काठमाडौँ, माघ ३ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभएको छ । जसले गाजामा लडाइँलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा बन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणबद्ध रिहाइ हुने बताइएको छ ।
हमास र यसका सहयोगी लडाकु समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्धविरामको क्रममा ३३ जना बन्धकलाई रिहा गर्नेछन्। यो सम्झौता आफूपछि आउने राष्ट्रपतिले लागू गर्नुपर्ने बताउनुभयाे ।
सिन्ह्वाको सहयोगमा