• ४ माघ २०८१, शुक्रबार

हरिनासमा एकल पुरुषलाई मासिक एक हजार भत्ता

blog

अर्जुन काफ्ले

स्याङ्जा, माघ ४ गते । संघीय सरकारले एकल महिलालाई वृद्धवद्धा, एकल महिला, दलित, अपाङ्ग लगायतलाई भत्ता दिने गरेको छ । यहाँको हरिनास गाउँपालिकाले भने ६० देखि ६८ वर्षका एकल पुरुषलाई एक पुरुष भत्ता दिन निर्णय गरेको हो । 

पालिकाको १६ औं गाउँसभामा कार्यविधि बनाएर एकल पुरुष भत्ता दिने निर्णण गरेको हो । कार्यविधिमा तोकेको उमेर भएको र कुनै सरकारी सेवामा नरहेको तथा स्वदेशमा मात्रै नभएर बैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेकोले भत्ता दिने भएको हो । 

एकल पुरुषले अदालबाट श्रीमतिको मृत्यु भएको वा सम्बन्ध विच्छेद भएर पुन विवााह नभएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसारको प्रक्रिया पुरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रुपमा एक हजार रुपियाँ एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

श्रीमतीको मृत्यु वा सम्बन्ध विच्छेदबाट एकल भएका पुरुषहरुलाई जिवन यापनमा सहज होस भन्ने उद्देश्यले एकल पुरुषलाई भत्ता दिने निर्णय गरिएको पालिका अध्यक्ष खिम नारायण मानन्धरले बताउनुभयो । यो निर्णयले एकल पुरुषलाई खुसि तुल्याउने विश्वास पालिकाले लिएको छ । यस्तै, पालिकाले स्थानीय मदिरा जन्य पेय पदार्थको ब्राण्डीङ गर्ने ऐन २०८१ समेत बनाएको छ । 

स्थानीय स्तरमा रोजगारि सिर्जना गर्ने उद्देश्यले स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई ब्राण्डीङ गर्न ऐन निर्माण गरिएको मानन्धरले बताउनुभयो । स्थानीय मदिरालाई ब्राण्डीङ गर्नको लागि दश लाख बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले बताउनुभयो । 

यस्तै पालिकाले वडा नं –५ को खाल्टेमा गाउँसभा तथा हिँउदे अधिवेशनले क्रिकेट खेलमैदान बनाउने निर्णय गरेको छ । पछिल्लो समयको लोकप्रिय खेल क्रिकेटको विकासमा गाउँपालिकाले क्रिकेट खेलमैदान बनाउने निर्णय गरेको अध्यक्ष मानन्धरले बताउनुभयो । 

स्याङ्जा जिल्ला क्रिकेट संघ, गण्डकी प्रदेश क्रिकेट संघ साथै नेपाल क्रिकेट संघ सँगको सहकार्यमा नेपालकै एक नमुना ग्राउण्ड बनाउन सकिने उहाँको भनाइ थियो ।