कोइलाबास नाकालाई सक्रिय बनाइने
नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ गर्दै आर्थिक र सांस्कृतिक सहकार्यलाई अघि बढाउन कोइलाबास नाकालाई पुनः सक्रिय बनाउनुपर्ने आवश्यकता प्रष्ट देखिएको छ ।
हरिनासमा एकल पुरुषलाई मासिक एक हजार भत्ता
पालिकाको १६ औं गाउँसभामा कार्यविधि बनाएर एकल पुरुष भत्ता दिने निर्णण गरेको हो ।
लोकभजन संरक्षण गर्न भजन प्रतियोगिता
बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
रुपन्देहीमा तीन लाख राशीको स्नुकर प्रतियोगिता हुने
बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ ।
नेपालगञ्ज-गुलरिया सडक खण्डको पेडारीमा पक्कि पुल बन्ने
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।
जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो
मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व नपाएको गुनासो गरेका छन् ।
२२ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
शिक्षकलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण
कोहलपुर नगरपालिकाले भूकम्पसम्बन्धि जनचेतना बढाउने उद्धेश्यले विद्यालय विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।
गोरखामा ५४ लाखभन्दा बढी राजस्व सङ्कलन
गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५४ लाख १२ हजार १ सय रुपियाँ राजस्व सङ्कलन असुल उपर गरेको छ ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो ।
तोकिएको समयावधिभित्रै पूरा गर्न सेनालाई राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ ।
रैथाने उत्पादनबाटै मनग्य आम्दानी
धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
चन्द्रपुर नगरपालिकामा १५ शय्याको अस्पताल निर्माण
रौतहटको चन्द्रपुर नगरपालिकामा १५ शय्याको थप एक अस्पताल निर्माण हुने भएको छ ।
तनहुँमा उन्नत बोका प्रदर्शनी सुरु
तनहुँमा स्थानीय तथा उन्नत बोका प्रदर्शनी सुरु भएको छ ।
आठौँ नवलपुर महोत्सव हुने
आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ ।
कुटपिटबाट मजदुरको मृत्यु
कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो ।
रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेतासहित दुई जना पक्राउ
चार सय ३१ किलो रक्त चन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिमपातले नाग्म –गमगढी लोकमार्ग अवरुद्ध
हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली लोकमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबार परेको भारी हिमपातले नाग्म–गमगढी सडक अन्तरगत घुच्चिलेगमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।
‘समृद्ध र सुखी सुखीपुर बनाउन लागेका छौँ’
सिराहाको बिच भागमा पर्ने पुरानो हाटबजारको केन्द्रका रूपमा रहेको सुखीपुर सात वटा गाउँपालिका
इनरुवामा बाक्लो हुस्सु
सुनसरी, माघ ४ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण यहाँ जाडो बढेर जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस
लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र
दाङ, माघ ४ गते । दाङ देउखुरीको राप्ती गाउँपालिका ३ स्थित लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र । तस्बिरः रासस
ओझेलमा लाफा गाउँको घरबास कार्यक्रम
धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासस्थित लाफा गाँउमा एकल मगर जातिको मात्र बसोबास छ । ९५ घरधुरी रहेको यो गाँउमा घरबास सेवा सञ्चालनमा ल्याउने कुरा चलेको धेरै वर्ष भयो ।
च्यामाताल
बाँके, माघ ४ गते । बर्दियाको बाँकसगढी नगरपालिका वडा नं २ राँझा टापुमा रहेको च्यामाताल । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । तस्बिरः रासस
पोखरीमा जलक्रीडा गर्दै हाँस
हेटौँडा, माघ ४ गते । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित एक पोखरीमा जलक्रीडा गर्दै हाँस । तस्बिरः रासस