म्याग्दीमा ९२३ किशोरीलाई एचपिभी खोप लगाउने तयारी
म्याग्दी जिल्लामा ९२३ किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिइने भएको छ ।
‘डग स्निफिङ’ सहित सघन जाँच
निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षाव्यवस्थामा थप कडाइ गरिएको छ । झापा क्षेत्र नं. ५ अहिले सबैको चासोको केन्द्र बनेसँगै यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइएको प्रहरीको भनाइ छ ।
चितवन–२ : मतपरिणाम उल्ट्याउने दाउमा ठुला दल
चितवनको निर्वाचन क्षेत्र नम्बर २ लाई यस पटक पनि सबैले चासोपूर्वक हेरिएको छ । अघिल्लो दुई वटा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएको क्षेत्र हो ।
कर्णालीको मतपत्र छपाइ सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको मतपत्र छपाइ सकिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
दौरा सुरुवालमा जोशीले लेखाए गिनिजबुकमा नाम
नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पूरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।
निष्पक्ष कलम चलाउने प्रतिबद्धता
आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गण्डकी प्रदेशका पत्रकारले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र निष्पक्ष रूपमा कलम चलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्लाही–१ मुख्य दलबिच रोचक प्रतिस्पर्धा
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा तीन जना पूर्वप्र
यो निर्वाचनपछि विश्राम लिने घोषणा
राजनीतिमा टिकिरहनु मात्र चुनौती होइन, पटक पटक मतदाताको कठघरामा उभिनु झन् ठुलो परीक्षा हो । यही परीक्षामा २०४८ सालदेखि निरन्तर सहभागी हुँदै आएका दुई अनुभवी नेता पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी र रुपन्देही–४ का सर्वेन्द्रनाथ शुक्ला यस पटक आठौँ पटक चुनावी मैदानमा उत्रिनुभएको छ । लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये यति लामो समयसम्म निरन्तर चुनावी यात्रा तय गरेका यी दुई नेता अपवादकै रूपमा देखिनुभएको छ ।
मतदाताका पुरानै गुनासो
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो पटक बैतडीमा प्रायः सबैजसो नयाँ अनुहार चुनावी दौडमा निस्किएका छन् । भोट माग्न उम्मेदवार गाउँबस्तीमा पुग्दा अधिकांश मतदाताले रोजगारी नपाएको, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार नपाएको पुरानै गुनासो दोहो¥याएका छन् ।
पूरा भएनन् बादी समुदायका माग
वीरेन्द्रनगर नगरपालिका–११ को बादी समुदायको बस्ती भेरी नदी र झुप्राखोलाको दोभानमा छ । सदरमुकाम वीरेन्द्रनगर बजारदेखि करिब १० किमीनजिकै उक्त बस्ती भए पनि त्यहाँ प्रत्येक निर्वाचनमा विकास गर्ने आश्वासन दिइन्छ तर पूरा हुँदैन । बादी समुदायले नदी र खोला किनारको बस्ती भएकाले स्थानान्तरणको माग गरेका छन् । बादी बस्तीले हरेक निर्वाचनमा राख्ने यो माग भने अहिलेसम्म पूरा नभएको उनीहरू बताउँछन् ।
आमाको पीडा : छोरी पराइघर, छोराको स्वर्गवास
जन्ती लिएर फर्किंदै गरेकाहरूमा यात्रा गरिरहँदा खुसी र उत्साह थियो । दुलहीको घरबाट हिँडेको करिब १५–२० मिनेटमै त्यो खुसी पुर्चौडीको एउटा उकालो घुम्तीमा शोकमा बदलियो । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा बिहीबार साँझ भएको बस दुर्घटनाले १३ जनाको ज्यान लियो भने ३४ जना घाइते भए ।
चुनावी एजेन्डा : पेट्रोलियम पदार्थ उत्खनन
दैलेखमा उम्मेदवार चुनावी एजेन्डा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । दैलेखका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २१ जना उम्मेदवारले मतदातालाई आफ्नो चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
विधि नबन्दा व्यवधान
संसदीय लोकतान्त्रिक प्रणाली विधिको शासनमा आधारित हुन्छ । निरङ्कुश व्यवस्थामा विधिभन्दा व्यक्तिको प्रधानता हुन्छ । विधि अर्थात् कानुनको शासनमा नागरिक शक्ति सर्वोच्च हुन्छ । नागरिकको मतले विधायिका निर्वाचित हुन्छ । नागरिकले आफ्नो इच्छा आवधिक निर्वाचनमा प्रतिनिधि निर्वाचित गरी व्यक्त गर्छन् । नागरिकले निर्वाचित गरेको विधायिकाले नै समयमा विधि बनाउन
विचार र मर्यादाको सङ्कट
लोकतन्त्रको आत्मा विचार हो । विचार कमजोर हुँदा राजनीति आवाजको प्रतिस्पर्धामा झर्छ र आवाज चर्किंदै जाँदा संवाद हराएर केवल उत्तेजना बाँकी रहन्छ । पछिल्लो समय नेपालको राजनीतिक अभ्यास हेर्दा यही अवस्था प्रस्ट देखिन्छ ।
घोषणापत्रमा समेट्नुपर्ने विषय
यतिबेला राजनीतिक दलहरू फागुन २१ को निर्वाचनका लागि घोषणापत्र लेखनमा व्यस्त छन् । लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचन सत्ता प्राप्तिको प्रक्रिया मात्र नभई नागरिकले देशको नीति, प्राथमिकता र भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर हो ।
आन्तरिक उत्पादन बढाउने चुनौती
लामो समयदेखि कमजोर अर्थतन्त्रमा खासै सुधार हुन सकेको छैन । अर्थतन्त्रका केही सूचक सकारात्मक देखिए पनि सधैँ यही अवस्थामा रहन्छन् भन्न पनि सकिँदैन । विप्रेषणबाट राज्यले राम्रो आर्जन गरेको छ ।
राष्ट्रियता सुदृढ पार्ने सङ्कल्प
राष्ट्रियता बलियो नभएका मुलुकमा बेला बेलामा समस्या आइरहन्छन् । प्रतिरोध गर्ने शक्ति नभएको शरीरमै रोग लाग्ने हो । जुनसुकै मुलुक नै किन नहोस् ठुलो हुँदैमा राष्ट्रियता बलियो हुँदैन । राष्ट्रियता सुदृढ छ भने साना राष्ट्र पनि बलिया हुन्छन् । मानिस जतिसुकै ठुलो र सानो भए पनि ज्वरो नाप्ने यन्त्र एउटै हुन्छ । कुनै पनि राष्ट्रको मापन गर्नुअघि त्यस राष्ट्रको इतिहास र संस्कृति मात्रै हेरिँदैन, जनतामा राष्ट्रप्रतिको निष्ठाभाव पनि हेरिन्छ । आफू जन्मे हुर्केको राष्ट्रप्रति निष्ठाको भावना हुनु सच्चा राष्ट्रवाद हो । चुनावले मात्रै राष्ट्रवाद स्थापित हुँदैन, स्वतन्त्र राष्ट्रको पहि
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
नेपाललाई इङ्ग्ल्यान्डको कठिन चुनौती
नेपालले आइतबार क्रिकेटको जननी इङ्ग्ल्यान्डसँग खेलेर विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ ।
पानी रङका रोज्जा कला प्रदर्शन
पानी रङको सहरका रूपमा परिचित पोखरामा स्थापित कलाकारहरूले सिर्जना गरेका पानी रङका उत्कृष्ट कला प्रदर्शनीमा राखिएको छ । आइडब्लुएस हेमकान्ती आर्ट ग्यालरीको आयोजनामा भएको प्रदर्शनी शनिबार र आइतबार चल्ने छ ।
सम जयन्तीमा ‘सन्तति’ लोकार्पण
नाटककार बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा शनिबार आयोजित समारोहमा कथाकार डा. पुष्पा केसी भण्डारीको लघुकथा कृति ‘सन्तति’ समेत सार्वजनिक गरिएको थियो ।