• २५ माघ २०८२, आइतबार

‘डग स्निफिङ’ सहित सघन जाँच

blog

दमक समाचारदाता

दमक, माघ २५ गते  । निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षाव्यवस्थामा थप कडाइ गरिएको छ । झापा क्षेत्र नं. ५ अहिले सबैको चासोको केन्द्र बनेसँगै यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइएको प्रहरीको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलगायतका उम्मेदवारको चुनावी अभियान तीव्र भएसँगै यहाँको सुरक्षाव्यवस्थालाई थप कडाइ गरिएको हो । यसै व्रmममा दमक नगरपालिकामा सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन प्रहरीले ‘डग स्निफिङ’ सहित सघन चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार केनाइन शाखा धरानबाट प्रहरी नायब निरीक्षक यमबहादुर श्रेष्ठको कमान्डमा आएको ‘डग स्निफिङ’ टोलीले दमक नगरपालिकाभित्रका विभिन्न शङ्कास्पद तथा भिडभाड हुने क्षेत्रमा निगरानी तथा चेकजाँचलाई निरन्तरता दिएको छ । 

‘डग स्निफिङ’ टोलीले विशेष गरी दमक नगरपालिका–१, हवलदारचोक–६ स्थित बसपार्क, वडा नं. ४ का चिया दोकानक्षेत्र र ताराबारी आसपासका स्थानलाई केन्द्रित गरी जाँच गरेको खड्काले उल्लेख गर्नुभयो । यहाँ दैनिक ठुलो सङ्ख्यामा मानिसको आवतजावत हुने गरेको छ ।

खड्काका अनुसार सो व्रmममा पैदल हिँडडुल गर्ने ४८७ जना व्यक्तिको शङ्कास्पद गतिविधि तथा परिचय जाँच गरिएको छ । प्रवक्ता खड्काका अनुसार ‘डग स्निफिङ’ मार्फत विस्फोटक पदार्थ, लागुऔषध तथा अन्य अवैध सामग्रीको खोजी गरिनुका साथै यात्रु तथा सवारीसाधनको नियमित निगरानी गर्ने गरिन्छ । चेकजाँच अभियानले सर्वसाधारणमा सुरक्षा अनुभूति बढाउने विश्वास गरिएको छ । 

शुव्रmबारदेखि नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली निर्वाचन अभियानका लागि दमक बस्ने बताइएको छ । रास्वपाका वरिष्ठ नेता शाह दुई दिन यहाँ घरदैलो कार्यव्रmममा सहभागी भएर फर्कनुभएको छ ।