• २५ माघ २०८२, आइतबार

कर्णालीको मतपत्र छपाइ सकियो

blog

फाइल तस्बिर

बुलबुले समाचारदाता 

सुर्खेत, माघ २५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाको मतपत्र छपाइ सकिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले दिएको जानकारी अनुसार शुक्रबारसम्म देशभरका कुल ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको छ । जसमा कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको पनि सकिएको हो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान र सुर्खेतको मतपत्र छपाइसहित प्याकिङ सम्पन्न भइसकेको बताउनुभयो । कर्णालीका १० जिल्लामा प्रतिनिधि सभाका १२ वटा निर्वाचन क्षेत्र छन् । जहाँ १३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । प्रवक्ता भट्टराईले सुर्खेत र दैलेखमा समान दुई निर्वाचन क्षेत्र रहँदा अन्य आठ जिल्लामा एउटा/एउटा निर्वाचन क्षेत्र छन् ।