• १५ वैशाख २०८३, मङ्गलबार

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार

blog

सुत्केरी महिलालाई उद्धार गरिँदै ।

सुजल श्रेष्ठ 

प्यूठान, वैशाख १५ गते । प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । लुङ्ग्री गाउँपालिका-१, रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको हेलिकाेप्टरबाट उद्धार गरिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिलालाई प्रदेश अस्पताल सुर्खेत प्रेषण गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट सुवास पौडेलले जानकारी दिनुभयो । सुर्खेतमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।