चाडपर्व हाम्रा अमूल्य निधि हुन् : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्व नेपाली समाजको अमूल्य सांस्कृतिक निधि भएको बताउनुभएको छ । उँधौली, धान्यपूर्णिमा, ज्यापु दिवस तथा यःमरी पुन्ही पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उधौली साकेला मनाउँदै किरात समुदाय
प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् ।
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहनुभएको धारणा दिएको बताउनुभएको छ ।
मुस्ताङको नामामा उच्च घनत्वको हाइब्रिड स्याउ खेती
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ ।
मधेश प्रदेश : ५१ दिनमा तीन मुख्यमन्त्रीको राजीनामा, पुनः नेतृत्व शून्य
मधेश प्रदेश फेरि एकपटक राजनीतिक अस्थिरताका केन्द्रमा छ । पछिल्ला ५१ दिनमै तीन–तीन मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश अहिले नेतृत्वविहीन बनेको छ ।
तीन स्थानमा आकासे पुल बन्दै
धनुषाको जनकपुर–ढल्केबर छ लेन सडकखण्डको तीन स्थानमा धमाधम आकासे पुल निर्माण भइरहेको छ । पैदल यात्रुको बढ्दो चाप, सडक जाम र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभिजन
भत्कन थाले सडक
झापाको दमकमा ढल व्यवस्थापनको काम गर्ने व्रmममा भत्काइएको सडक पुनर्निर्माण गरेको केही महिना नबित्दै भत्कन थालेको छ । एकातिर ढल निर्माणको काम सकिएको छैन भने ढलको पा
काम गर्न छोड्यो सोलार फेन्सिङले
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निस्कने जङ्गली जनावरलाई रोक्ने उद्देश्यले लगाइएको सोलार फेन्सिङले काम गर्न छोडेको छ । आरक्ष क्षेत्रबाट बस्तीमा निस्कने जङ्गली जनावरलाई रोक्न लगाइएको घेराबार (सोलार फेन्सिङ) तार चुडिएर र पोल लडेर काम गर्न छोडेको हो ।
कयरखोलामा पक्की पुल निर्माण
कालिका नगरपालिकाको सिद्धिका चेपाङ समुदायले भोग्दै आएको समस्या निराकरणका लागि कयरखोलाको मुहानमा पक्की पुल निर्माण सुरु गरिएको छ । बर्सेनि बर्खायाममा कयरखो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
सिक्टा सिँचाइको काम तीव्र गतिमा
लामो समयदेखि अलपत्र बनेको सिक्टा सिँचाइ आयोजना अन्तर्गतको डुडुवा नहरको निर्माण कार्य पुनः सुरु भएर तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर करिब ४६ किलोमिटर लामो डुडुवा शाखा नहर निर्माणका लागि आयोजनाले दुई वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।
हार्थोक–छहरा सडक निर्माण सुरु
लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत पाल्पाको पश्चिम भेग जाने सडकको निर्माण सुरु भएको छ । पाल्पाको हार्थोक–छहरा सडकखण्डको झन्डै छ किलोमिटर सडक यस वर्षदेखि निर्माण सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले छ वर्षअघि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्म पुग्ने २९० किमी सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना अनुसार चार वर्षदेखि पाल्पाको पूर्वी भेगको रामपुर–आर्यभन्ज्याङ सडकखण्डमा काम भइरहेको छ ।
पूर्वाधार योजनामार्फत गाउँमै रोजगारी
कालीगण्डकी गाउँपालिका गुल्मीले गाउँमै रोजगारीको सिर्जना गर्न ११ योजनामा उपभोक्ता समितिमार्फत काम गराउन थालेको छ । कालीगण्डकी गाउँपालिकाले बेलायत सरकारको आर्थिक सहायतामा स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत ११ योजना छनोट गरेको छ । ती योजना अधिकांश सिँचाइ र केही सडकसँग सम्बन्धित छन् ।
रक्षा यादव बिस वर्षमै प्रधानाध्यापक
दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्या
‘महिला कार्यालय प्रमुखलाई पत्याइँदैन !’
जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा देवी चालिसे २०७३ चैत ४ गते हाजिर हुनुभयो । हाजिर भएको पाँच महिनामा उहाँको २०७४ भदौ १२ गते सरुवा भयो । जिल्लाका ११ स्थानीय तहमध्ये एक मात्र महिला प्रमुख प्रशासकीय अधिकृतको समय अवधि नपुग्दै सरुवा हुनुले कार्यालय प्रमुखमा महिलालाई नपत्याउने समस्या भएको देखिन्छ ।
सिटी हलको दोस्रो चरणको काम चालु आवदेखि
चालु आर्थिक वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभा गृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गत आर्थिक वर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो ।
आफन्त हराएपछि परिवारमा पीडा
१९ वर्षअघि परिवारको आर्थिक अवस्था सुधार्न भनेर भारतको हिमाञ्चल प्रदेशको सिमला जानुभएका टीकापुर नगरपालिका–७, सोनाहाफाँटाका हरिबहादुर सुनार अझै फर्किनुभएको छैन ।
पाँच वर्षमा एड्सबाट तीन सय पचासको मृत्यु
सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच वर्षमा एचआइभी / एड्सबाट ३५२ जनाको ज्यान गएको छ । तुलनात्मक अध्ययनले हरेक वर्ष मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि सन् २०३० सम्ममा एचआइभी / एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले संसारभर सन् २०३० सम्ममा एचआइभी/एड्सको सङ्क्रमण र मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
महाकालीमा एकतर्फी तटबन्ध निर्माण
छिमेकी देश भारतले नेपाल–भारतको साझा सीमा नदी महाकाली किनारमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयलाई लिएर दार्चुलामा विरोध हुन थालेको छ । भारतले दार्चुला सदरमुकाम खलङ्गाको पारिपट्टि नदी किनारमा पक्की तटबन्ध निर्माणको काम निरन्तर गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका संयोजक राजेशसिंह सामन्तले भारतले नेपालतिर प्रवेश गरी सिमाना विस्तार गर्न खोजेको आरोप लगाउनुभयो ।
बालुवाको रोयल्टीमा हिनामिना
कैलालीको कैलारी गाउँपालिकामा बालुवा उत्खन्नबाट सङ्कलन गरिएको रोयल्टीमा हिनामिना भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा घुरहा नदीको बालुवा उत्खनन गरेबापत सङ्कलन गरिएको रोयल्टी हिनामिना भएको हो ।
बिनाशुल्क काम गर्छन् भलमनसा
कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।
बाजुरामा सात मतदानस्थल थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् ।
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
सिरहाको धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ ।