धमलाका लागि स्थानीय उम्मेदवार चुनौती
मत माग्ने शैलीका कारण रौतहट क्षेत्र नं. ४ मा चर्चामा रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवारी ऋषि धमलालाई त्यहाँका स्थानीय उम्मेदवारसँग भिड्न चुनौती रहेको छ ।
दोलखामा मुख्य चार दलको प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा एक निर्वाचन क्षेत्रमा दोलखाका मुख्य चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी मनोनयन दर्ता गराएका १४ दलमध्ये नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
कार्यकर्तालाई चुनावी अभियानमा लाग्न निर्देशन
नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु¥याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।
एचपिभी खोप दिइने
यस पटक विद्यालयमै पुगेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिइने भएको छ । सुर्खेतका २२० वटा विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय नजाने १० वर्षमाथिका बालिका गरी कुल पाँच हजार ८१८ जनालाई सो खोप दिइने छ । आगामी फागुन १ देखि ५ सम्म सो खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
वाचा बिर्सिएपछि रुष्ट
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ को दुर्गम र विकट बस्ती रेक्चाका गाउँले यतिबेला रुष्ट छन् । उम्मेदवारले निर्वाचनैपिच्छे गाउँ विकासको वाचा गर्ने तर पूरा नभएपछि उनीहरू रुष्ट बनेका हुन् । गाउँमा खानेपानीको चरम अभाव छ । खानेपानीकै अभावमा १० वर्षको अवधिमा त्यहाँका ५० प्रतिशत स्थानीय अन्यत्र बसाइँ सरिसकेका छन् । अहिले उक्त गाउँमा ७० घर मात्र छन् ।
मतदान स्थल अति संवेदनशील
जिल्लाका ७४ मतदान स्थल अति संवेदनशील रहेको पाइएको छ । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १०३ मतदान स्थलमध्ये ७४ मतदान स्थल अति संवेदनशील भएको जनाएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको कालीकोटमा कुल १०३ मतदान स्थलका १२७ मतदान केन्द्र छन् ।
चिया पसलदेखि खेतबारीसम्म चर्चा
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारी निकाय, उम्मेदवारका गतिविधि गाउँघरकेन्द्रित हुन थालेका छन् ।
जब्दीघाटमा निःशुल्क काठेपुल सञ्चालन
केही महिनाअगाडिदेखि जब्दीघाटमा पैसा तिरेर काठको पुल तर्न बाध्य स्थानीय अहिले निःशुल्क पुल तर्न पाएका छन् । गुलरिया र बारबर्दिया नगरपालिका जोड्न बनाइएको काठको पुल सञ्चालनका लागि नगरपालिकाले लगानी गरेपछि सर्वसाधारण निःशुल्क आवतजावत गर्न पाएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै
जिल्लामा एचआइभी सङक्रमितको सङ्ख्या २१९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार एचआइभी सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै बागलुङ नगरपालिकामा रहेको छ भने सबैभन्दा थोरै ताराखोला गाउँपालिकामा रहेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
मतदान स्थल यातायातको पहुँचबाहिर
बाजुराका १० मतदान स्थल यातायातको पहुँचभन्दाबाहिर रहेको पाइएको छ । बाजुराका सतहत्तर मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका वडा नम्बर ३ हिमाल भक्ति मतदान केन्द्र निकै दुर्गम छ । अहिलेसम्म यहाँ न बिजुली छ न सडक यातायातको सुविधा रहेको हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल बढुवालले बताउनुभयो ।
चुनावी घोषणापत्र सार्वजनिक
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना चुनावी घोषणापत्र मतदातासमक्ष लैजान थालेका छन् । यसै क्रममा कैलाली क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले मङ्गलबार सुखडमा पत्रकार सम्मेलन गरी जनतामाझ लैजान थालेको आफ्नो चुनावी घोषणापत्रबारे जानकारी दिनुभयो ।
अलपत्र मोटरेबल पुल निर्माण सुरु
महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाडखोलामा विगत १२ वर्षदेखि निर्माण अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण सुरु भएको छ ।
कानुन कार्यान्वयन अवस्था
मानव सभ्यता सुरु भएदेखि नै कानुनको अवधारणा आएको हो । यद्यपि कानुन लिपिबद्ध गर्ने क्रम धेरै पछि मात्र सुरु भयो । मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमको सँगालोलाई कानुन भनिन्छ । समाजका क्रियाकलापलाई मर्यादित बनाउन लागु गरिएका आचारसंहिता नै कानुन हो । नागरिकका हक
दिगो विकासको मार्ग
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले देशमा सामाजिक समावेशी र विकेन्द्रीकरणको अवसर सिर्जना गरेको छ तर दिगो विकास गर्ने काम अधुरो नै छ । विकास भनेको केवल भौतिक संरचनाको निर्माण मात्र होइन; यो त मानि
चुनावमा महिला उम्मेदवार
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूले यस पटक पनि कन्जुस्याइँ गरे । प्रत्यक्षमा महिलाको उम्मेदवारीलाई बेवास्ता गर्दै ११ प्रतिशतमै सीमित गरे । प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधानको औपचारिकता पूरा गर्न समानुपातिकबाट पूरा गरेका छन् ।
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. साफ यु–१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको छ ? भारत – उपविजेता : बङ्गलादेश – सञ्चालन मिति : २०८२ माघ १७–२४
नेतृत्व शैलीका प्रकार : विषयगत प्रश्नोत्तर
नेतृत्व शैलीका प्रकार १. नेतृत्व शैली भनेको के हो ? नेतृत्व शैलीका प्रकारबारे चर्चा गर्नुहोस् । नेताले आफ्ना अनुयायीलाई प्रभावित गर्न प्रदर्शन गर्ने व्यवहार वा कार्यशैलीलाई नेतृत्व शैली भनिन्छ । यसमार्फत नेताले अनुयायीलाई प्रेरित गर्ने, निर्देशित गर्ने, आकर्षित गर्ने, निर्णयमा सहभागी गराउने, ल
ईशानेश्वरमा महाशिवरात्रि मेलाको तयारी तीव्र
लमजुङको मध्यनेपाल–७, करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी तीव्र भएको छ । महाशिवरात्रि पर्वका अवसरमा लाखौँ दर्शनार्थीको भिड लाग्ने ईशानेश्वर महादेव मन्दिरमा मेला व्यवस्थापनका लागि तयारी भएको हो ।
रङ्गशालामा गुन्जँदै सहारा चिनाउने गीत
स्वागतम ! स्वागतम !! सहाराको स्वागतम् आहा रारा गोल्ड कपमा ।। खेल नै जीवन हो, जीवन नै जगत्लाई, सहारा नै खेलको बुझौँ अभियानलाई ।।
‘हतारमा छन् यात्री’ लोकार्पण
कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्री’ लोकार्पण गरिएको छ । राजधानीमा मङ्गलबार आयोजित कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले संयुक्त रूपमा कवितासङ्ग्रह लोकार्पण गर्नुभयो ।