शान्तिको कामना गर्दै तीन दिन बुद्ध जयन्ती मनाइँदै
शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आइतबारदेखि रुपन्देही जिल्लाको लुम्बिनीमा मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरेकोमा यस वर्ष तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी छ ।
बाँस खेतीबाट मनग्य आम्दानी गर्दै कृषक
दाङका किसानहरु वाँसखेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन् । पछिल्लो समय बाँसको अभाव भइरहेका बेला सौरीकुलाका किसानहरु बाँस खेतीबाट आम्दानी लिनुभएको हो ।
वन्यजन्तुका लागि कृत्रिम पोखरी निर्माण
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुइस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ ।
गड्यौलाबाट जैविक मल उत्पादन गर्दै राई दम्पत्ति
मकवानपुरको हेटौंडामा बसोवास गर्दै आउनुभएका एक दम्पत्तिले घरमै गड्यौला पालन गरेर मल उत्पादन सुरु गर्नुभएको दुई दशक भएको छ ।
नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा
छिमेकी दुई देश भारत र पाकिस्तानबिच आपसी द्वन्द्व चर्किएपछि सप्तरीको नेपाल–भारत सुरक्षा सिमा क्षेत्रमा चेकजाँच र सतर्कता बढाइएको छ ।
‘मातृभाषालाई सरकारी कामकाजी भाषा बनाउन ढिलो गर्नुहुन्न’
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीले भाषा आयोगले प्रदेशमा सरकारी कामकाजी भाषा बनाउनेगरी सिफारिस गरेको भाषा कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
ग्रामीण सडक हुन थाले कालोपत्रे
गुल्मीका गाउँ टोलमा सडक कालोपत्रे हुन थालेपछि स्थानीय खुसी भएका छन् । वर्षौ ग्रामीण कच्ची सडकमा हिलो र धुलोको सास्ती स्थानीयले सडक कालोपत्रे हुँदा खुसी भएका हुन् ।
विद्यार्थी भर्ना अभियान : विद्यालयको प्रतिबद्धता र अभिभावकमा सचेतना आवश्यक
यतिबेला सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ । यद्यपी यो अभियान औपचारिकतामा मात्रै सिमित भइरहेको छ । विद्यालयले विश्वसनीय प्रतिवद्धता र अभिभावकमा चेतना नभए अभियान प्रभावकारी नहुने आवाज उठ्न थालेको छ ।
सुमोको ठक्करले पैदलयात्री गम्भीर
मकवानपुरको हेटौंडा उपमहानगरपालिका –८ कमानेमा सुमोको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते हुनुभएको छ ।
बेल जुस उत्पादन गर्दै सामुदायिक वन
ष्ट्रिय रुपमै बेलजुस उत्पादन गर्ने सामुदायिक वन भनेर चिनिने नवलपरासी पश्चिमस्थित सुनवल ६ विशासयमा रहेको विशासय सामुदायिक वनले यतिबेला धमाधम बेलजुस उत्पादन सुरु गरेको छ ।
उज्यालो बन्यो दुर्गमका अँध्यारा बस्ती
बाजुरामा पुस्तौँ देखि अँध्यारा रहँदै आएका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला हुन थालेका छन् ।
वनमा पाटेको निर्वाध शासन
नेपाली जङ्गलमा दुर्लभ पाटेबाघ छन् ।
चडहती [कथा]
केही दिनदेखि धौले बडो उदास थियो । अनुहारमा चैनको सङ्केत पनि थिएन ।
छ महिनापछि घर फर्किए टिङ्करवासी
दार्चुला, वैशाख २७ गते । दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् । गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । “छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ”, स्थानीय जसपाल तिङ्करीले भन्नुभयो, “भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।” छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ । टिङ्कर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिङ्करका स्थानीय हितेश बुढाथोकीले भन्नुभयो, “आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।” आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ । यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।” विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । “भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्यौँ”, जसमल बुढाथोकीले सुनाउनुभयो, “तर नक्सा पाएका नागरिकका लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ । सडक सपना त अझै धेरै टाढाको छ ।”नक्साजारी भएपछि एकपटक सरकारले हेलिकाेप्टरमार्फत खाद्यान्न ढुवानी गर्यो । नागरिकमा एक प्रकारको खुसी महसुस छायो । तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिङ्करीको बुझाइ छ । उती बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो । यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिङ्करमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्नुहुन्छ । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थप्नुभयो, “अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।” हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ । स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् । चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोवास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोवास हुन्छ । परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् । छैन आधारभूत सेवा व्याँस गाउँपालिका–१ कातिङ्करवासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोवास गर्छन् । सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलङ्गाबाट बोकेर लिएको औषधी प्रयोग गर्न बाध्य छन् ।“सामान्य टाउको दुख्दा औषधी हुँदैन, स्थानीय जसमल बुढाथोकी भन्नुभयो, “ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन ।” धेरैले सिटामोल, दमलगायत औषधी खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन् । उनीहरूको भाषामा आफ्नै स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो । व्यास १ को छाङ्गरूमा स्वास्थ्य चौकी छ । तर तिङ्कर गाउँबाट छाङ्गरू आउजाउ गर्न पाँच घण्टा बढी समय लाग्छ । गाउँमा युवा कमै बस्छन् । बिरामी हुँदा बोक्न पनि मुस्किल पर्छ । पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ । “पहिले त कोही बिरामी हुँदा चार पाँच दिनपछि खबर पाउने अवस्था थियो”, बुढाथोकीले भन्नुभयो, “गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जी फोन सञ्चालन भएपछि सहज भएको छ ।” चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ । सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोेकरै औषधी लिनुपर्छ । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार टिङ्करमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन । उहाले भन्नुभयो, “समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन ।”पञ्चायतकालमा नेपाली बाटो, अहिले विदेशको भरपञ्चायतकालमा टिङ्कर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो । बहुदल आएपछि त्यो बाटो बन्द भयो । गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ । व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामी भन्छन्, “व्यास गाउँपालिका–१ को छाङ्गरू टिङ्कर जोड्ने गरी पटकपटक बजेट नगएको भने होइन । तर नियमन निकायको अभाव भयो । बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन् । तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट राख्यो । विसं २०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी गर्यो । गतवर्ष बाटो मर्मत सम्भारमा करोड खर्च भयो । तर बाटोको अवस्था उस्ताको उस्तै छ । बिगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाधिएर नेपालतर्फको बाटो क्षति हुन पुगेको छ । केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्दभएको वडाध्यक्ष योगेश बोहरा बताउनुभयो । नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म, इलाका प्रहरी कार्यालय छाङ्गरू, बिओपी टिङ्कर तथा सीमा चौकी टिङ्करी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ ।टिङ्करमा प्रहरी र सशस्त्रको छ महिना मात्रै दार्चुलाको टिङ्कर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम छ महिनासम्म मात्र हुने गरेको छ । चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो ।स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिङ्कर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताउनुभयो । अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिङ्करमा खटिएको हो । उनीहरू भारतीय बाटो हुँदै टिङ्करको छायालेक बिओपी पुगेका हुन् । दुई वर्षदेखि टिङ्करको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो । व्यासकै छाङ्गरूमा गुल्म रहेको छ । चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो । छाङ्गरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन् । नेपाल प्रहरी भने एक दुई दिनभित्र टिङ्कर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावतले बताउनुभयो । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उहाँको भनाइ छ ।
तिम्रो तस्बिर मलाई मन परेन (कविता)
अचानक ! आजदेखि तिम्रो तस्बिर मलाई मन परेन पहिले फूल देख्थेँ त्यसभित्र सपना देख्थेँ
‘आगोको बीउ’ मा जीवन विधा
निबन्धमा कलम चलाउने एक से एक साहित्यकारमाझ युवराज नयाँघरे एक सशक्त हस्ताक्षर हुनुहुन्छ ।
भँडुवा (निबन्ध)
सम्बन्ध भनेको साँचो प्रेम, विश्वास, अनि पारस्परिक समझदारीको अमूल्य बन्धन हो तर हरेक सम्बन्धमा यस्तो एउटा प्रजाति भेटिन्छ,
विश्वमा फैलिरहेको नेपाली प्रविधि
प्रविधिको दुनियाँ यसै पनि सीमाविहीन मानिन्छ ।
मनमै मुस्ताङ
मनमा बसेको मुस्ताङको प्रकृतिमा रमाउनुको मज्जा बेग्लै ।
खोटाङमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव आजदेखि
खोटाङ, वैशाख २७ गते । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विधाका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला र पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । खुला महिला र पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार सात सय ७७, ५५ हजार पाँच सय ५५, २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७ र पाँच हजार पाँच सय ५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमूनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला÷पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूका लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुने छ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ । दस वर्षमुनिका छात्रछात्रा एक माल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले, चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सयको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार र सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिका महिला र पुरूष १० किलो मिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १५ हजार, १० हजार, सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सवको चौथो र पाँचौँ दिन ९वैशाख–३० र ३१ गते० खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । खुला सिनियर पुरूष टेबलटेनिस प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद २५ हजार, रु १२ हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले छ हजार दुई सय ५० का दरले पुरस्कार प्राप्त गर्ने छन् । खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनलिस्ट ले क्रमशः १५ हजार, सात हजार पाँच सय र सेमिफाइनलिस्ट दुई जनाले तीन हजार सात सय ५० का दरले नगद प्राप्त गर्ने छन् । खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, पाँच हजार र सेमिफाइनलिस्टले दुई जनाले क्रमशः दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउने छन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दिक्तेल बजारस्थित सिँचाइगेटबाट सुुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लामा माहोल बनेको छ । छ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङले जनाएको छ । महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।
काठमाडौँमा वसन्त बहार
सहरको हरियाली तथा सुन्दरता वृद्धि गर्न अनेक किसिमका बोटबिरुवा लगाउने गरिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
अछामको बाटुल्ला ताल
अछाम, वैशाख २७ गते । अछामको रामारोशन गाउँपालिका ५ स्थित पर्यटकीयस्थल रामारोशन क्षेत्रमा रहेको मनमोहक बाटुल्ला ताल । तस्बिरः रासस
तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले तजबिजका आधारमा योजना बाँड्ने काम बन्द गरेको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेश समन्वय परिषद् बैठकमा बोल्दै उहाँले सरकारले तजबिजका आधारमा बजेट बाँड्ने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणालीसमेत व्यवस्थित हुने दाबी गर्नुभयो ।